• होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा मार्तडी बजार क्षेत्रका मासु पसल अनुगमन

बडिमालिका नगरपालिकाद्धारा मार्तडी बजार क्षेत्रका मासु पसल अनुगमन

  • बिहिबार, भदौ १८, २०७७
बडिमालिका नगरपालिकाद्धारा मार्तडी बजार क्षेत्रका मासु पसल अनुगमन

बाजुरा १८ भदौ– सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले मार्तडी बजार क्षेत्रका मासु पसलहरुको अनुगमन गरेको छ ।
बडिमालिका नगरपालिका पशु सेवा शाखाको आयोजनामा नगर उपप्रमुख कबिता बिष्टको संयोजगत्वमा उद्योग बाणिज्य सघ बाजुराका अध्यक्ष देबराज रोकाया, भेटेनरी अस्पतालबाट सिद्धराज जैशी, जिल्ला प्रशासन, कोलेनीकाबाट प्रकाश भट्ट, घरेलु तथा साना उद्योग,जिल्ला प्रहरी कार्यालय पत्रकारहरुको उपस्थितिमा अनुगमन गरिएको बडिमालिका नगरपालिकाका उपप्रमुख कबिता बिष्टले बताएकी छन् ।
अनुगमनको क्रममा मासु पसलहरुमा मनोमानी रुपमा संचालन गरेर पाईएको छ । बजार क्षेत्रका १३ ओटा मासु पसलमा अनुगमन गरेकोमा अधिकाँश पसल ईजाजत पत्र बिना संचालन गरिएको पसलमा बिना मुल्य सुची मोनोमानी मुल्य लिने गरेको, पसलमा सरसफाई ब्यबस्थापन नभएको मासु तौलको लागि ढक तराजु नभएको पाईएको अनुगमन संयोजक बिष्टले बताईन ।
अनुगमनका क्रममा मासु पसल मापदण्ड अनुसार नभेटिएपछि तत्काल मापदण्ड अनुरुप पुर्याएर संचालन गर्नु पर्ने सुझाब अनुगमन टोलीले दिएको छ ।
बर्षातका कारण सडक बन्द भएपछि बजारमा खशी बोका कुकुरा लगाएत ढुवानीमा समस्य भएपछि बजारमा मासुको मुल्य बृद्धि भएको जनगुनासोका आधारमा मासु पसल अनुगमन गरिएको बताईएको छ ।
यो भन्दा पहिले पनि पटक पटक अनुगमन गरिएको हो, अनुगमनको क्रममा पसलमा देखिएको समस्यालाई सुधार्न बारबार सुझा दिदै आएको र क्रमश सुधार हुदै आएको अनुगमन समितिले बताएको छ । यो भन्दा पहिलेको तुलनामा धेरै मासु पसल ब्यबस्थित भएका छन् । बाकी पसलहरुलाई पनि ब्यबस्थापनको लागि सुझाब दिएको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार