मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बडिमालिका
  • सात जना जेहेन्दार बिद्यार्थिलाई निशुल्क कम्प्युटर तालिम

सात जना जेहेन्दार बिद्यार्थिलाई निशुल्क कम्प्युटर तालिम

  • मङ्लबार, भदौ १६, २०७७
सात जना जेहेन्दार बिद्यार्थिलाई निशुल्क कम्प्युटर तालिम

बाजुरा १६ भदौ– बडिमालिका नगरपालिका ९ नम्बर वडाका सात जना जेहेन्दार बिद्यार्थिलाई कम्प्युटर सम्बन्धि निशुल्क तालिक दिएईने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा बडिमालिका नगरपालिका ९ का वडा कमिटी अध्यक्ष राजेश पायल बिकको पहल र वडा नम्बर ९ र एटुजेट कम्प्युटर सेन्टर बाजुराको आर्थिक सहयोगमा वडाका आर्थिकरुपमा कमजोर जेहेन्दार बिद्यार्थिलाई निशुल्क कम्प्युटर सिकाउन लागिएको एटुजेट कम्प्युटर सेन्टरका संचालक निशात्त बडुवालले बताए ।
बडिमालिका नगरपालिका ९ का सात ओटा टोलबाट सात जनालाई छनोट गरिएको बडुवालले बताए । सता जना मध्य ५ जनालाई बेसिक १ जनालाई ग्राफिक डिजाईन र १ जनालाई हाडवयर सम्बन्धि सिकाईने उनले बताए ।
ईच्छा भएका तर आर्थिक रुपमा कमजोर परिवारका बिद्यार्थिहरुलाई छनोट गरेर निशुल्क सिकाउने कुरा वडा अध्यक्षसंग अनुरोध गरेको र वडा अध्यक्ष बिनोद कुमार बिकले आफु गरिब जेहेन्दार र पछाडी पारिएका परिवारको पक्षमा भएको र आफुले दिएको सुझाब मानेको नेकपा वडा कमिटी अध्यक्ष राजेश पायल बिकले बताए ।

चर्चामा

सम्बन्धित समाचार