मङ्लबार, जेष्ठ १, २०८१

गजल!

  • सोमवार, भदौ १५, २०७७
गजल!

रोएका छन देश बिदेश भरी जनता,
रोग भोक अनि शोकमै परी जनता।

सरकारलाई आफ्नै उल्झन सत्ताको,
सरकार ले बनाउँछ पशु सरी जनता।

थोरै दीमाख लगाएको भए जोगिन्थे,
मरौँन थाल्यो ला पर्वाही गरी जनता।

पढे लेखेपछि काम खोज्ने कामपायौँ,
देश लाई जागाउँछौ मरी-मरी जनता।

नेताहरु लिश्नो बनाउँछन सिखर पुग्न,
भोट उनैलाई दिन्छन डरीडरी जनता।

ऐयासी गर्छन आठौटा सरकार बनाई,
रेमिटेन्स ल्याउँछन सिमा तरी जनता।

यस्तै छ कथा र ब्याथा देश र सरकार,
भन्दैनन गर्मि चिसो अनि झरी जनता।
सुरेशकुमार पान्डे

चर्चामा

सम्बन्धित समाचार