मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • जाजरकोटमा थप एक चिकित्सकमा कोरोना संक्रमण

जाजरकोटमा थप एक चिकित्सकमा कोरोना संक्रमण

  • सोमवार, भदौ १५, २०७७
जाजरकोटमा थप एक चिकित्सकमा कोरोना संक्रमण

जाजरकोट : जाजरकोटमा आइतबार थप एकजना चिकित्सकमा कोरोना संक्रमण देखिएको छ । तीन सय ४० जनाको स्वाब परीक्षण गर्दा जिल्ला अस्पताल जाजरकोटमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । अन्य सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश अस्पताल पशुपंक्षी प्रयोगशाला सुर्खेतले जनाएको छ ।

यसअघि सोही अस्पतालका तीन र एक पाहुना आएकासहित चार चिकित्सकमा कोरोना संक्रमण भएको थियो । चिकित्सक सबैको जिल्ला अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । यसअघि भेरी नगरपालिकाले स्वाब संकलन गरी पठाएका सदरमुकामका एक सय १४ जनाको रिपोर्ट नेगेटि भएको थियो ।

त्यस्तै नगरपालिकाले भुर, पुन्मा र जगतिपुरबाट स्वाब संकलन गरि पठाएको एक सय १४ जनाको रिपोर्ट सवैको नेगेटिभ आएको थियो । चौरजहारी प्रयोगशालामा पठाएका २० मध्य १९ जनामा कोरोना संक्रमण देखिएको थियो । एक साता यता विभिन्न मितिमा गरिएका परीक्षणमा जम्मा ३० जनामा संक्रमण देखिएको छ । उनीहरु सबैको आइसोलेसनमा उपचार भइरहेको छ ।

संक्रमणको दर न्युन भएको भएपनि कसरी कहाँबाट सर्यो भन्ने एकिन नहुँदा थप जटिलता हुन सक्ने निमित्त स्वास्थ्य सेवा ब्यवस्थापक डा. सुनिल पुनले बताए । बाहिर कतै नगएका चिकित्सकमा संक्रमण भएकाले समुदायमा कोरोना फैलिसक्यो कि भन्ने चिन्ता हो उनले भने, ‘अस्पतालमा धेरै ठाँउका मानिस उपचार गर्न आउने भएकोले कहाँबाट संक्रमण सरेको हो एकिन हुन नसक्दा थप अन्यौल देखिएको छ ।’

चिकित्सकमा संक्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । सोमबारसम्म सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार