शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कोरोनामुक्त युवकद्वारा एम्बुलेन्स तोडफोड

कोरोनामुक्त युवकद्वारा एम्बुलेन्स तोडफोड

  • सोमवार, भदौ १५, २०७७
कोरोनामुक्त युवकद्वारा एम्बुलेन्स तोडफोड

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका विरामीले प्रहरीको एम्बुलेन्स नै तोडफोड गरेका छन् । साथै, विना आधार अपहरण जस्तो गम्भीर आरोप लगाउँदै सुरक्षाकर्मीलाई दुर्व्यहार गरेका छन् ।

घटनापछि प्रहरी चौकी, सल्लाघारीले भक्तपुरको कमलविनायक बस्ने २४ वर्षीय युवकलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बलका अनुसार कोरोना भाइरसको संक्रमण पुष्टि भएका उनी ७ भदौमा बलम्बुस्थित सशस्त्र प्रहरीको कोभिड विशेष अस्पतालमा भर्ना भएका थिए ।

भेन्टिलेटरमा राखेर उपचारपछि निको भएका उनलाई प्रहरीले प्रदेश ३ ०१००२ झ ५२३० नम्बरको एम्बुलेन्समा घर लगेको थियो । तर, सल्लाहघारी चोकमा उनले प्रहरीमाथि नै दुर्व्यहार गरेका थिए । त्यसक्रममा उनले एम्बुलेन्सको सीसा फुटाइदिएका थिए ।

एम्बुलेन्सका कर्मचारीले उनलाई प्रहरीको जिम्मा लगाएर परिवारका व्यक्तिलाई बोलाएका थिए । त्यसपछि आफन्तले विरामीमा मानसिक समस्या रहेको दाबी गरेका थिए । एम्बुलेन्सको क्षतिपूर्ति गराउने कागज गराएपछि उनीहरुलाई छाडिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार