बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • शिक्षा
  • लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

  • सोमवार, भदौ १५, २०७७
लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द

सरकारले लामो तथा छोटो दूरीको यातायातका साधन र शिक्षण संस्था आगामी भदौ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको ऊर्जामन्त्री वर्षमान पुनले जानकारी दिए । यसअघि सरकारले भदौ १५ गतेसम्मका लागि दुरीका यातायात र शिक्षण संस्था बन्द गर्ने निर्णय गरेकोमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले अवधि लम्ब्याउने निर्णय गरेको हो ।
यस्तै सरकारले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भदौं १५ सम्मका निषेध गरिएकाअन्य विषयलाई पनि मसान्तसम्म लम्बाउने निर्णय गरेको छ । गत साउन ५ गतेको मन्त्रिपरिषद् बैठकले १२० दिन लामो लकडाउन अन्त्य गरेपनि केही क्षेत्र अझै खुलाइएको छैन ।

चर्चामा

सम्बन्धित समाचार