मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • कैलालीको खुँखार ‘डाँका समूह’ २० वर्षपछि पक्राउ

कैलालीको खुँखार ‘डाँका समूह’ २० वर्षपछि पक्राउ

एकजना डाँकाको कैद सजाय ८७ वर्ष !

  • शनिबार, भदौ १३, २०७७
कैलालीको खुँखार ‘डाँका समूह’ २० वर्षपछि पक्राउ

काठमाडौं —  कैलालीको जोशीपुर र बर्दगोरिया गाउँपालिकामा ०५७ ताका डाँकाको बिगबिगी थियो । माओवादी युद्ध चरम उत्कर्षका थियो, डाँकाको विरुद्ध आवाज उठाउने हिम्मत कैसको थिएन् । ७–८ जनाको समूहमा भरुवा बन्दुक बोकेर राती लुट्न हिँड्ने अनि दिनभर ‘मस्ती’ गर्ने सो खुँखार डाँकाको समूहलाई २० वर्षपछि कैलाली प्रहरीले पक्रेको छ ।

पक्राउ पर्नेमा कैलाली जोशिपुर घर भएका ४५ वर्षीय क्रमराज थापा उर्फ रोहगी, ४९ बर्षिय भगत चौधरी उर्फ रोहिना, ३८ वर्षीय गुन सिंह कठरिया उर्फ कालु र भजनी नगरपालिका–६ बस्ने ४७ वर्षीय टिकाराम चौधरी उर्फ डगौरा छन् । एक जमानामा डकैतीको ‘साम्राज्य’ नै खडा गरेको डाँका समूहका ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।

सो समूह एउटै डाँका समूह हो । एक जमानामा खुँखार डाँका कहलिएको यो समूह पछिल्लो सयम भने चुपचाप आफ्नो घर गृहस्थी गरेर बसिरहेका थिए । तर, अदालतले उनीहरुको मुद्धा फैसला गरिसकेको थियो ।

अहिले पक्राउ परेका मध्ये क्रमराज थापा उर्फ रोहगी र भगत चौधरी उर्फ रोहिनालाई प्रहरीले यसअघि पनि पक्राउ गरेर जेलको बाटो देखाएको थियो । तर, ०६१ माघ २७ मा तत्कालिन बिद्रोही माओवादीले कैलाली कारागारमा आक्रमण गर्दा उनीहरु त्यहँबाट भागेका थिए ।

एकजनाको मात्रै ८७ वर्ष कैद

जोशिपुरका ४५ वर्षीय क्रमराज थापा उर्फ रोहगी डाँकाका पनि डाँका हुन् । जोशिपुर गाउँपालिकाका विभिन्न वडा र बर्दगोरिया गाउँपालिकामा उनले ८ ठाउँमा डाँका चोरी गरेका छन् । ०५७ मा सो क्षेत्रमा डकैती साम्राज्य खडा गरेका उनलाई जिल्ला अदालत कैलालीले ८७ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार