• होमपेज
  • कला /साहित्य
  • डैथ बाडी (लघुकथा)

डैथ बाडी (लघुकथा)

  • शुक्रबार, भदौ १२, २०७७
डैथ बाडी (लघुकथा)

सुरेशकुमार पन्डे। हैलो!हामिले डैथ बाडी लिएर सामन्य अस्पत्तालमा आई पुगेका छौँ हजूर यँहा डाक्टरले पोस्टमार्टम गर्दैन के गर्नेहो?उता बाट आचार्याले भन्छन!
उन्को आवाजमा घबराहट थियो।ओहो हजूरले कति ठुलो गलति गरेको हो।किन लगेको त्यँहा डैथ बाडि आफै उठाएर?यति पाको मान्छे भयर के गरेको यस्तो?मैले हजूरलाई त्यती भनेर सम्झाँएको थिँए फेरी पनि!मणिले आचार्य लाई फोनमा भन्छन।
हजूर तपाईँ छिट्टै यँहा आउँनुस ईनिकुरा अहिले फोनमा हुँन सक्दैन!भन्दै आचार्याले फोन काट्दिन्छन।मणि र वाग्ले समाजका प्रमुख भयर ढिलो नगरी सिबिल होस्पिटलमा पुग्छन।
त्यँहा एम्बुलैन्शमा लास थियो चार पाँच जाना साथिहरु त्यो लास कुरेर बसेका थिए।करिब दश बजे राति तिरको कुराहो।उनिहरुले बिहान देखि भोकै प्यासै रहेरपनि त्यो लास खोजेर ल्याएका हुँन।हुँन ता सबैले पालैपालो खोजबिन गरेका थिए।
नौ दश दिन देखि एकजना नेपाली हराएका थिए उनि नहरमा हामफालेको एकजनाले बताए पछि त्यो दिन देखि भाख्डा ब्राँचमा धेरै सामाजिक साथीहरु डेरा हालेर बसेका थिए। जाडोको दिनमा पनि नियमित डिप्टी लगाएका थिए।उस्को खोजबिनका लागि,पुलिसमा पनि त्यो हराएको (गुमसुदाको)अपिल गरिएको थियो।नौ दिनका दिन उनिहरुले उक्त ब्याक्तिको लास अर्को राज्याको सिमाना पारी फेला पारे।साँझ परेको बेलामा कस्ले देख्छ भनेर त्यो लासलाई आफै एम्बुलैन्श मगाएर त्यसमा राखेर ल्याएछन।
त्यो अबस्थामा डाकटरहरुले हाथ लगाउँने कुरा पनि भैन।आखिर नियम कानून पनि त हुँन्छ।पुलिस (वैरीपीकेसन) जाँच पट्ताल बिन लास लाई हातनै नलगाउँनु पर्ने।तर साथिहरु अलि बाठा हुँन खोज्दा समस्या जन्मियो।उनिहरुले त्यो सिमापारी पुगेको लासलाई जाँच पड्ताल गराउँन थाल्दा धेरै समय लाग्छ भनेर चुपचाप लासलाई उठाएर आफु बसेको तिर ल्याए ताकि आर्को राज्यामा जान नपरुस।करीब आठ नौ दिनबाट खोजबिनमा खटिएका साथिहरु भाग्दौडमा धेरै थाकेका पनि थिए।
यति ठुलो गलति गर्नु भयो मित्र अब के गर्ने?भन्दै मणि कराउँछ।समाज प्रमुख वाग्ले ज्यु झन कसोगरेर यो समस्या बाट छुट्कारा पाउँने भन्दै पुलिसको ठानामा जाम मणि जी आखिर कुनैन कुनै उपाया त गर्नु पय्रो भन्छन।
रातिको समय करीब बाह्र बज्न थालेको थियो।हामि जाँदैनौ त्यो लाश जँहा बाट ल्याएका हौ त्यँहि लैजाओ भन्दै पुलिसहरु कराएकाछन।घरी लाडि कुर्सीमा हान्छन रीसले घरी तिमि दुबै जान प्रधानलाई झेलमा कोच्छम भन्छन उनिहरुले झन ठुलो तमासा गरेगाछन।समाज का प्रमुख मणि र वाग्ले ज्यु ठानामा बसेकाछन वाग्लेले चिनेका ठुलो अपसरलाई आप बिति सुनाएर क्षामा माग्दै अब यो लासको बेरीपी केसन बनाउँन अनुरोध गर्छन।उस्ले ठानामा फोन गरेर रीपोर्ट तैयार गर्न भन्छ।त्यो बेला त्यँहा रक्सि पिएर टुन्नपरेका पुलिसहरु छन।तिमिहरु ले आफुलाई के सम्झिन्छौ?तिमिहरुको एकता समाज छ भन्दैमा तिम्रो राज चल्छ?भन्दै ठानेदार कराउँछ।सर जानकारी नहुँदा हामि बाट भुल भयो!मणिले बिन्रम अनुरोध गर्छन।गल्ति भयो नी अब भुक्त!भन्दै रीसले वाँर वार गर्छ।अनि कागज त्यार पार्न थाल्छन,किनकी माथिल्लो अपसर ले ताकेता गरेको थियो।जस्ले नहरमा हाम्फालेको देख्याहो त्यसलाई बोला!भन्दै आदेश दिन्छ।कलौनीमा लिन जाँदा त्यहाँको चौकिदार रक्सी पिएर उनिपनि टन्नै थिए।तर उस्लाई नलगि काम नबन्ने भयकोले लिएर गए।राति को दुई बजि सकेको थियो।
चौकिदारका राता राता आँखा थिए मदिराको मात चडेर त्यँहा भयका पुलिसहरु जस्तै-जस्तै उनिपनि थिए।चौकीदार!ठानेदारले जोड सँग कराउँछ।जी सर!चौकिदार बोल्छन यो माछे नहरमा तैँले ढेकलेको हो?हो सर!उस्को जिब्रो लागेकोछैन नसामा टुन्न छ।के बोल्नेहो के होईन त्यो उस्लाई थाहानै छैन।केभन्छौ तिमिले होशमा छौँ ?मणिले धम्काएपछि।नै सर त्यो आफै हामफालेको होला मैले ता टाडा बाट देखेको थिएँ।भन्दै दुई हात जोडेर उभिएका थिए।यस्ले नसागरेकोछ चौकिदार हो यो?पुलिस झन कराउँछन।सर राति अलि अलि पिउँने चलनछ भन्दै हात जोडेर गलति स्विकार्छन।
त्यो दिन धुँधले केहि देखिएको थिएन त्यो मान्छेले चोकिदारको क्वटरमा गयर दुबै जनाले पहिले रक्सी पिए पछि त्यस्ले मलाई पर सडक सम्म छोड्न हिँड भनेपछि दुबै जना हिँड्दै नहेरको डिल डिल आएका थिए उस्ले त्यता नहिँड्नुस नहर गहिरोछ खुट्टा लर्केर लोट्नु होला भन्छन।यह यो जाबो नहर मैले आँखा चिमगरेर पारगर्न सक्छु नपताए हेर्नुस भन्दै त्यहि बेला दौडेर नहरमा हामफालेको थियो।भनेर पछि उनैले बताएका हुँन।
अन्तमा सिवारीस गरेर पुलिसको छानबिन पछि त्यो डैथ बाडिको पोष्टमार्टम हुँन्छ त्यो पानीमा डुबेर मरेको भन्ने त्यो रिपोर्टमा पत्ता लाग्छ।
दश दिनका दिन समाजिक साथिहरु र उनैका आफन्तीहरुको उपस्थितिमा बहादुरको अन्तिम सँस्कार गर्छन।२८-०८-२०२०,(कथा सत्य घटनामा आधारीत भयपनि यस्मा भुमिका निभाएका पात्रहरुको नाम काल्पनिक हो। कसैको नाम सँग मेलखान गयकोमा सयोग मात्र हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार