मङ्लबार, बैशाख ११, २०८१

अमानत(लघुकथा)

  • बिहिबार, भदौ ११, २०७७
अमानत(लघुकथा)
   सुरेशकुमार पान्डे

आज बिर्खे लाई छोरीले गालि गर्दै थिई सुनेर कर्णेले सम्झाउँछ। हेर छोरी जस्लाई तिम्ले अनाप सनापमा यसरी बुरा भला भन्छौ त्यो तिमिलाई सोभा दिँदैन।यध्यापि त्यो तिम्रो जनम दिने बाबा होईन तर तिमिलाई सानै देखि पाल्यो हुर्कायो पर्वरिस गय्रो।भन्दै अब पार गाली नगरे भन्दै कहानी सुनाउँछ।बिर्खेले त्यो अलपत्रपरेका कालीका बच्चाहरु लाई र काली लाई पालेर अहिले उनिहरु ठुला भयकाछन तरुनी तन्नेरी भयकाछन।कर्णेलाई उनिहरुको सबै कुरा थाहाथियो।अहिले जस्लाई यो केटीले यसरी गाली गर्ने कराउँने गर्छे हिँजो यो नभयको भय यिनिहरुको कुन गति हुँनेथियो यस्लाई केथा भन्दै कर्णेलाई पुरानो याद आउँछ।
शेरुको बाबा जाउ कतै काम खोज यसरी खालि बसेर कति दिन पुग्ला?भन्दै कालीले आफ्नो लोग्नेलाई भन्छे।गोरेले काम गर्दैन घरमै बसेर बरु अरु जुवाडेहरु लाई आफ्नै क्वाटरमा खेरेर तास खेल्छ।
काली र गोरेका दुईवटा शन्तान एउटा छोरा एउटी छोरी छन।देख्नमा पनि फुल जस्तै शुन्दर बाबु नानी लाई हेर्दा हेरी रौँ झै लाग्थ्यो।गोरेलाई रक्सी खान र जुवा खेल्न पाए केहि चाहिँदैन।मैनौँ यस्तै बित्यो काम नगरेर।कालीले आर्काको घरमा साफ सफाई गरेर बच्चाहरुलाई खाने लगाउँने सम्म पुराउँथी।
एकदिन कालीले कोठी बाट पैसा ल्याएकी थिई माल्किनले आफ्नो छोराको फिस र खर्च पुराई दिन छोराको नाम मा मनिआडर गर्नलाई पाँचहजार रुपिया दीएर पठाएकी थिई।दिउसो काली लाई समय मिलेन साँझ तिर डाँख खाना बन्द भयो।डाँख खाना नजिकै उनिहरु बस्थे।काममा जाने बेला गोरेलाई तिमि खालिछौ बुढा यो पैसा मालकिनको छोरालाई मनि आडर गराई दिए है !भन्दै कालिले गोरेलाई दिएर गई उस्लाई ढिलो भयको थियो।यो आर्काको अमानत लाई जस्ताको तेस्तै पठाई दिए भन्दै आफु कोठीमा काम गर्न गई।यता
एक छिन पछि गोरेका साथिहरु जुटे अनि गोरेले जुवा खेल्दा खेल्दै आफ्नो अलि अलि भयको पैसा फाल्यो।
त्यो मनिअडर गर्न भनेर गएको आर्काको अमानत बाट एक सए रुपिया निकाल्यो अनि फाल्यो क्रमसै जुवामा उस्ले सबै पाँच हजार रुपिया हार्यो।
साथी हरुले उस्लाई पुरै कंगाल बनाएर गए त्यो बेला पाँच हजार भन्नु स्यानो रकम थिएन।मालिकको छोरा मन्शुरीमा पढ्थ्यो त्यस्को छे मैनाको खर्च हो त्यो।अब कसरी त्यो पैसा पठाउँने उस्को दिमाखले काम गर्न सकेन।आखिर अब काली आएपछि उस्लाई के भन्ने मनिअडार गरेको ता रसिद पनि दिनुपर्छ।
आखिरमा त्यो गोरेले निर्णय गय्रो आफु यँहा बाट फरार हुँने।उस्का दुईटा बच्चा र स्वास्नी लाई छाडेर उ त्यँहा बाट भाग्यो।त्यो कुनठाउँमा गयो त्यो एउटा प्रश्ननै बनेर रह्यो।कैसेले आफ्ना बच्चालाई एसरी छाडेर जान पनि सक्दो रैछ।काली आएपछि घरमा दुईटा भाई बहिना खेलेर बसेका थिए उनिहरु स्यानै थिए।बा खैत? छोरा भनेर कालीले सोध्छे उनिहरुले बजार गयो भन्छन।गोरे फर्केर आईन अब कता गयो उस्लाई खोज भिन गर्छन त्यो लापत्ता हुँन्छ।पर्सी पल्ट पुलीसमा गुम सुदाको तलास भनेर दर्ता गर्छन उस्को कुनै पत्तो लाग्दैन।मालिकनीले जसरी भयपनि मेरो पैसा देल भन्छे उस्ले त्यो पैसा काम गरेर कटाउँछे।केही नजीकै चौकिदारी गर्ने बिर्खेले तिर्दिन्छ।दया गरेर उसका शन्तान थिएनन।
यस्तो बिचल्लि परेको बेला बिर्खेले काली लाई एउटा प्रस्ताब राख्छ।काली मलाई थाहा छैन तिमि कुन जातकी हौ!यिनी छोरा छोरीको बाउ को हो?तर तिमि यतिबेला एउटा दुखःको घडीमा छौ।यो बेला भन्दा तिम्लाई ठिक लाग्ला वा लागौन त्यो छुट्टै कुरा हो।तिमिले चाहान्छौ भने मैले तिमि सँग बिहे गर्छु!भन्दै आफ्नो कुरा राख्छ।काली ले अब त्यो फर्केर आउँनेपनि छैन भोली यिनी नानी बाबुहरुलाई कसरी पाल्न सकुला!उस्ले मनै मनमा कुरा खेलाउँछे गोरे भागेको पनि बर्ष दिन बित्न थाल्यो।एउटा साथी ता चाहिन्छ।
धेरै सोचेर ठिकै छ म बिहे गर्छु तर मेरो एउटा सर्तछ भन्छे।
भन तिम्रो सर्त के हो?बिर्खेले सोध्छ।यिनी दुईवटा बच्चालाई तिमिले आफ्ना बच्चा सम्झिनु पर्छ, कसैले सोधेपनि ईनै बच्चाले सोधेपनी मेरा छोरा छोरी हौ भन्न सक्नु पर्छ।र मैले अरु सन्तान लाई जन्माउँने छैन।के यो मेरो शर्त मान्न तैयार छौ?बिर्खेले हुँन्छ तिम्रो सर्त मलाई मन्जुर छ भनेपछि उँनिहरु बिच बिबहा भयको थियो।
यसरी अर्काको अमानतलाई आफ्नो प्रखण भन्दापनि प्यारो सम्झेर राम्रो पर्वरीश मात्रै गर्दैन।आफ्नो त्यो बचनमा अडिग रहन्छ र माँया कम हुँनछ भनेर आफ्ना बच्चाहरु जन्माउँदैनन।तर आज छोरा छोरी हुर्किए ठुला भएपछि उनैले यो जाबो बुढा हाम्रो बाबा होईन भनेर उसैलाई गाली गरेको सुन्दा कर्णेलाई भित्रैबाट आगो सल्किन्छ र उस्ले दुबै छोरा छोरीलाई जब कथा सुनाउँछ।उनिहरुको आँखाबाट आँसु छचल्किन थाल्छ।के जनमाएर छाडेर जाने बा हो या जस्ले साराजिवन लगाएर पाल्यो त्यो बा हो?यो प्रश्नको उत्तर उनिहरु बाट कर्णेले सोध्दै थियो।
(कथा पूर्ण रुपमा काल्पनिकहो यसका पात्रका नामहरु सबै काल्पनिक हुँन।कसैको निजि जिवन र नाम सँग मेलखान गयमा मात्र सयोग हुँनेछ।)

चर्चामा

सम्बन्धित समाचार