बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • चट्याङ लागेर एकजनाको मृत्यु, तीन जना घाईते

चट्याङ लागेर एकजनाको मृत्यु, तीन जना घाईते

  • बिहिबार, भदौ ११, २०७७
चट्याङ लागेर एकजनाको मृत्यु, तीन जना घाईते

 कञ्चनपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाईते भएका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्वर ११ अमरबस्तिमा चट्याङ लागेर २७ बर्षीय स्थानीय गणेश सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले जानकारी दिए।

उनका अनुसार सोही ठाउँका ३० बर्षीय लालबहादुर बोगटी, १६ बर्षीया भावना भुल र ३७ बर्षीया पशुपति सार्की घाईते भएका छन्। उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

चर्चामा

सम्बन्धित समाचार