बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचित्र संसार
  • लोग्नेले झगडा नगरेको भन्दै महिलाले मागिन् डिभोर्स !

लोग्नेले झगडा नगरेको भन्दै महिलाले मागिन् डिभोर्स !

  • बुधबार, भदौ १०, २०७७
लोग्नेले झगडा नगरेको भन्दै महिलाले मागिन् डिभोर्स !

श्रीमानले माया नगरेको, झैझगडा तथा कुटपिट गर्ने गरेको भन्दै महिलाहरुले सम्बन्ध विच्छेद गर्ने गरेको त देखेसुनेकै हो । तर छिमेकी मुलुक भारतमा एकजना पुरुषले आफ्नी पत्नीलाई बढि माया गर्नु वा पत्नीसँग झगडा नगर्नु नै डिभोर्स मागिनुको कारक बनेको छ ।

भारतको उत्तरप्रदेशस्थित सम्भाल जिल्लामा एकजना महिलाले बिहेको १८ महिनापछि पतिसँग डिभोर्स मागेकी छिन् । लोग्नेसँग डिभोर्स माग गर्दै एनी सम्भाल जिल्लाको शरिया अदालतमा निवेदन दिएकी हुन् । उनले शरिया अदालतमा दिएको निवेदनमा डिभोर्स गर्नुपर्नाको जुन कारण खुलाएकी छिन्, त्यसले सबैलाई आश्चर्यमा पार्यो । आफुसँग श्रीमानले झगडा नै नगरेको र अत्यधिक धेरै माया गरेको कारण देखाउँदै उनले सम्बन्ध विच्छेदको निवेदन पेश गरेकी थिइन् । आफ्नो लोग्नेले आफुलाई गरेको अधिक प्रेम आफुले पचाउन नसकेको उनले निवेदनमा उल्लेख गरेकी छिन् । पछिल्लो १८ महिनामा लोग्नेसँग एकपटक पनि झगडा नहुँदा आफु निरास तथा दिक्क भएको पनि उनले बताएकी छिन् ।

लोग्नेले आफुसँग झगडा नगर्ने मात्र होइन खाना पकाउने लगायतका घरेलु कामकाजमा समेत सघाउने गरेर दिक्क पारेको उनको भनाई छ ।शरिया अदालतमा दिएको निवेदनमा उनले भनेकी छिन्, ‘न त उहाँ मसँग कहिल्यै चर्को बोल्नुभयो, न त मलाई कुनै कुरामा कहिल्यै निरास पार्नुभयो । यस्तो वातावरणमा साँच्चीकै म उकुसमुकुस भएकी छु ।’

आफूले गल्ती गर्दा समेत लोग्नेले सधैँ कुनै परवाह नगरेको र आफु उल्टै विवाद गर्न खोज्दा पनि नरिसाउने गरेको उनले बताएकी छिन् । आफ्ना हरेक कुरामा लोग्नेले सहमती जनाउने जिन्दगी आफुलाई मन नपरेको उनको जिकिर छ ।

उनको दाबी सुनेसँगै शरिया अदालतका धर्मगुरु तिनछक परे र डिभोर्स माग्नुको कारण व्यर्थको रहेको भन्दै उनको निवेदन खारेज गरे । त्यसक्रममा ती महिलालाई उनले डिभोर्स माग्नुको अरु कुनै कारण पनि छ कि भनेर सोधियो । तर उनले अरु कुनै कारण नभएको बताएकी थिइन् । शरिया अदालतले उनको डिभोर्सको निवेदन खारेज गरिदिएपछि उनको निवेदनका बारेमा स्थानीय पञ्चायतमा पनि छलफल भयो । पञ्चालतले पनि उनको दाबी खारेज गरिदियो ।

पञ्चायतमा भएको छलफलमा उनका पतिले आफू पर्फेक्ट श्रीमान बन्न चाहेको र आफुले कुनैपनि गल्ती नगरेको बताए । त्यसअघि उनले पत्नीलाई डिभोर्सको निवेदन फिर्ता लिन आग्रह गर्दै शरिया कोर्टमा अपिल गरेका थिए । शरिया कोर्टले उनको अपिल समेतलाई आधार मान्दै पत्नीचाहीँको डिभोर्सको निवेदन खारेज गरेको थियो । शरिया अदालतले आपसी मामिलालाई आपसमै मिलाउन समेत ती श्रीमान श्रीमतीलाई आदेश दिएको छ । एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार