शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ट्रम्प समर्थक टमी लरेनले अमेरिकी राष्ट्रपतिलाई अञ्जानमा भनिन् ‘उल्लू’, मज्जाले खिल्ली उडाइँदै

ट्रम्प समर्थक टमी लरेनले अमेरिकी राष्ट्रपतिलाई अञ्जानमा भनिन् ‘उल्लू’, मज्जाले खिल्ली उडाइँदै

  • बुधबार, भदौ १०, २०७७
ट्रम्प समर्थक टमी लरेनले अमेरिकी राष्ट्रपतिलाई अञ्जानमा भनिन् ‘उल्लू’, मज्जाले खिल्ली उडाइँदै

अमेरिकी कन्जरभेटिव पोलिटिक कमेन्टेटर तथा टेलिभिजनकी पूर्व कार्यक्रम प्रस्तोता टमी लरेनको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो भिडियाका कारण उनी मज्जाले ट्रोल भइरहेकी छिन् । भिडियोमा टमी लरेन, अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका भारतीय समर्थकलाई सम्बोधन गरिरहेकी थिइन् । त्यति नै बेला उनले एउटा ठूलो गल्ती गरेकी छिन् ।

लिबरल्सको आलोचना गर्नका लागि चर्चित टमीले एक भिडियो सेयर गरिन् जसमा उनले भारतीय समर्थकलाई धन्यवाद दिँदै डोनल्ड ट्रम्पले अमेरिकालाई पुनः महान बनाउने दिशामा अग्रसर भएको बताइन् । तर यो भिडियोमा उनले ट्रम्पलाई ‘उल्लू’ भनिन् ।

आफ्नो भिडियोमा टमीले ट्रम्प एक उल्लू जस्तै बुद्धिमान भएको र भारतीय प्रवासीसम्म आफ्नो कुरा पुर्याउनका लागि उनले यसको अनुवाद पनि गरिन् । यतिबेला उनले ट्रम्पलाई ‘उल्लू’ भनिन् ।

टमी लरेनलाई उल्लूको प्रयोग कसैलाई अपमान गर्नका लागि गरिन्छ भनेर उनलाई पक्कै थाहा थिएन ।

भिडियोमा टमीले भनेकी छिन्, ‘भारतमा मेरा सबै अद्भूत प्रशंसकलाई नमस्ते । म टमी लरेन ‘मेक अमेरिका ग्रेट अगेन’ एजेन्डा र ‘किप अमेरिका ग्रेट’ एजेन्डालाई समर्थन गरेकामा साथीहरुलाई धन्यवाद दिन चाहन्छु । हामीलाई थाहा छ कि ट्रम्पले अमेरिकालाई महान् बनाइराख्नेछन् किनभने राष्ट्रपति ट्रम्प उल्लूजस्तै बुद्धिमान छन् । तपाईंहरु हिन्दीमा भन्नुहुन्छ नि, मलाई आशा छ यसको उच्चारण मैले सही गरिरहेकी छु… राष्ट्रपति ट्रम्प ‘उल्लू’ झैं बुद्धिमान छन् ।’

चर्चामा

सम्बन्धित समाचार