आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • समाज
  • बझाङमा बहुबिवाह मुद्धामा फरार रहेका श्रीमान-श्रीमती पक्राउ

बझाङमा बहुबिवाह मुद्धामा फरार रहेका श्रीमान-श्रीमती पक्राउ

  • बुधबार, भदौ १०, २०७७
बझाङमा बहुबिवाह मुद्धामा फरार रहेका श्रीमान-श्रीमती पक्राउ

 बझाङ प्रहरीले बहुबिबाह फरार रहेका २ जनालाई पक्राउ गरेको छ। विगत ९ वर्षदेखि  फरार रहेका जयपृथ्वी नगरपालिका वडा नम्बर ३ का राजेन्द्र बहादुर खड्का र उनकी कान्छी श्रीमती राधिका खड्कालाई मंगलबार पक्राउ गरिएको हो।

उनीहरुलाई २०६८ असोज २१ गतेदेखि फरार थिए। जिल्ला अदालत बझाङले  उनीहरुलाई २/२ वर्ष कैद र १६/१६ वर्ष कैद सजाय सुनाएको थियो।

पक्राउ परेका दुवैजनालाई प्रहरीले जिल्ला अदालतमा पेश गरी उनीहरुबाट जनही १६–१६ हजार असुल उपर गरी २–२ वर्ष कैद भुक्तानका लागि जिल्ला कारागार बझाङ चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लोकेन्द्रसिंह कार्कीले बताए।

चर्चामा

सम्बन्धित समाचार