शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • मारिने भयो ल्यापटप चोर्ने चर्चित बँदेल

मारिने भयो ल्यापटप चोर्ने चर्चित बँदेल

  • बुधबार, भदौ १०, २०७७
मारिने भयो ल्यापटप चोर्ने चर्चित बँदेल

जर्मनीमा हालै एकजना निर्वस्त्र प्रकृतिवादी मान्छेको ल्यापटप सहितको ब्याग जंगली बँदेलले चोरेर दौडिएको फोटो निकै भाइरल बन्यो । बर्लिनस्थित एक पार्कमा निर्वस्त्र रुपमा शयन गरी घाम तापिरहेको बेला ती वृद्ध व्यक्तिको झोला एउटा पोथी बँदेलले मुखमा चेँपेर दौडिएको थियो ।

झोला बोकेर कुँदिरहेको पोथी बँदेल र उसका दुईवटा पाठासँगै उसको पछाडि पछाडि दौडिरहेका एक निर्वस्त्रअ पुरुषको तस्वीर सोसल मिडियामा भाइरल नै बनेको थियो । तर इन्टरनेटमा तहल्का मच्चाइरहेको उक्त बँदेलको परिवारको अन्त्य हुने निश्चित भएको छ । बर्लिनस्थित राज्य वन कार्यालयका प्रवक्ता मार्क फ्रानुखका अनुसार आगामी अक्टोबर देखि सुरु हुने सिकार मौसमका बेला उक्त बँदेल र उसका दुईवटा पाठाहरुको सिकार हुने सम्भावना छ ।

उनीहरुलाई अहिले तत्कालै गोली नहानिने भएतापनि सिकारको मौसम सुरु भएसँगै गरिने नियन्त्रित सिकारका क्रममा उक्त बँदेल र उसका बच्चाहरु समेत निसानामा पर्ने प्रवक्ताको भनाई छ । टोयफेलसी भनिने ताल क्षेत्र लगायतका स्नान क्षेत्रहरुमा पुग्ने मानिसहरुका लागि खतरा उत्पन्न गर्ने वा असहजता पैदा गर्ने जिवजन्तुहरुको नियन्त्रणका लागि आवश्यक उपाय अपनाउनु पर्ने उनको तर्क छ ।

बर्लिन तथा जर्मनीका अन्य क्षेत्रमा समेत हरेक वर्ष सिकार सिजमा अनुमतिपत्र प्राप्त सिकारीहरुले जंगली बँदेलको सिकार गर्न पाउँदछन् । बर्लिनमा मात्र हरके वर्ष १ हजारदेखि २ हजारसम्म जंगली बँदेलको सिकार गरिन्छ ।  बँदेलको संख्या बढेसँगै जंगलबाट बाहिर निस्कने तथा वस्तीहरु समेतमा छिर्ने र मान्छेहरुमाथि आक्रमण समेत गर्ने गर्दछन् । एजेन्सी

चर्चामा

सम्बन्धित समाचार