शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • धर्ति आकाश घर, र दुखःसिरानी भयो

धर्ति आकाश घर, र दुखःसिरानी भयो

  • मङ्लबार, भदौ ९, २०७७
धर्ति आकाश घर, र दुखःसिरानी भयो

धर्ति आकाश घर, र दुखःसिरानी भयो,
यस्तै यस्तै हामि गरिबको कहानी भयो।

कामको खोजि मा देश बिदेश नै धाउँदा,
सदियौँ देखी घुमन्ते यो जिन्दगानी भयो।

धनीहरु हाम्रै पौरख ले आकास पुगेछन,
मज्दुर सदियौँ त्यो चाकीको मानी भयो।

धनीको शन्तान धनी गरिबको उस्तै छन,
सदियौँ बाट कुसँस्कार आनी बानी भयो।

देश र जनता लाई जोगाउँन ढाल भनेका,
आज उनैको घर अनि बास उठानी भयो।

राज काज सबै उनैको छ संसार भरीमानै,
गरीब बलीको बोका जानि न जानी भयो।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार