शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • नगर प्रमुख गिरिद्वारा बाढिपिडीतलाइ आर्थिक सहयाेग

नगर प्रमुख गिरिद्वारा बाढिपिडीतलाइ आर्थिक सहयाेग

  • मङ्लबार, भदौ ९, २०७७
नगर प्रमुख गिरिद्वारा बाढिपिडीतलाइ आर्थिक सहयाेग

 जीवन कैला

बाजुरा, ८ भदाै‍‍/बाजुराको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरीले बाढी पहिरोमा परि ज्यान गुमाउनु भएकी झिमा लुवारको परिवारलाई आर्थिक सहयोग गर्नु भएको छ । गत मंगलवारको अविरल वर्षासँगैको बड्डीगाड खोलामा आएको बाढी पहिरोमा परि ज्यान गुमाउनु भएकी वडा नं छ दैयाकी लवारको परिवारलाई आर्थिक रकम सहयोग गर्नु भएको हो ।

बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरी लगायतका चार जनाको संयुक्त सहयोग स्वरुप १० हजार रकम हस्तान्तर गरेको वताइएको छ । वडा नं ६ दैयाकी ल्वारको परिवारलाई नगर प्रमुख गिरी, वडा नं एकका वडा अध्यक्ष निर्पराज खत्री, नेपाली काँग्रेसका नेता अंग रावत, दयाराम पाण्डय र विद्यार्थी युवा नेता स्थिर देवकोटा लगायतले संयुक्त रुपमा १० हजार रकम सहयोग गरेको लाल बहादुर रोकायाले जानकारी दिनुभएको छ । नगर प्रमुख गिरीले ज्यान गुमाउनु भएकी लवारको परिवारलाई भेटेर समवेदना प्रकट गर्दै आर्थिक सहयोग स्वरुप सो रकम हस्तान्तर गर्नु भएको उहाँले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार