शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • १७ वर्षदेखि श्रीमानको प्रतिक्षामा छिन दार्चुलाकी धनुसा

१७ वर्षदेखि श्रीमानको प्रतिक्षामा छिन दार्चुलाकी धनुसा

  • सोमवार, भदौ ८, २०७७
१७ वर्षदेखि श्रीमानको प्रतिक्षामा छिन दार्चुलाकी धनुसा

दार्चुलाको दुहुँ गाउँपालिका-४ दौलाका ३० वर्षीया धनुसा बमले श्रीमानकाे प्रतिक्षा गरेको १७ वर्ष भयो। दुवईको जेलमा १३ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका श्रीमान् अमर बमको रिहाइ होला र छिट्टै घर फर्केलान भन्ने आशा उनमा छ।

विवाह भएपछि श्रीमान्सँगै समय बिताउने र कोखमा बच्चा समात्ने रहर कसको हुँदैन् र ? सिउँदोमा सिन्दुर पोतिएपछि चोखो प्रेममा परेका धनुसा श्रीमान्को न्यायको पर्खाइमा छन्। चौध वर्षको कलिलो उमेरमा विवाह बन्धनमा बाँधिएकी धनुसाको श्रीमान् अमर बम भारतको दिल्लीमा ट्याक्सी चलाउथिए। बिहे गरेको सात दिनपछि घर सजाउने सपना बोकेर अमर पुनः भारतको दिल्लीमा कामका लागि भनेर फर्किए। वर्ष दिनमा फर्किने र घरको सपना देखाएका उहाँको लागि त्यो सपना अझै पूरा हुन सकेन्।

उनका श्रीमान् १७ वर्षदेखि दुवईको जेलमा मृत्युदण्डको सजाय भोगिरहेका छन्। सन् २००७ मा युएईको अदालतले अमरलाई एक जना भारतीय नागरिकको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको हो । सन् २००३ सालबाट दुवईको अविरजेलमा जेल जीवन विताइरहेका अमर आफू निर्दोश भएको बताउँदै आएको छ । विगत १७ वर्ष देखि श्रीमान्को बाटो कुरेर बसेका धनुसालाई एक दिन अवश्य नै श्रीमान घर फर्किला भन्ने विश्वासमा दिन बिताइरहेकी छन्।
घरमा ६० वर्षीय ससुरा कर्णबहादुर बम र धनुसा मात्रै छन्। श्रीमान् आउँला भन्ने आशै आशमा धनुसाको उमेर ढल्किदै गएको छ। श्रीमानको रिहाइका लागि गाउँको घर खेत बेचेर भएपनि काठमाडौँसम्म कयौं पटक पुगेका छन्। दुई पटक त धनुसा आफ्नो ससुरासँगै काठमाडौँ पुगेर प्रधानमन्त्री र मन्त्रीलाई भेटेर रिहाइको पहल गरिदिन आग्रह गर्नुभएको थियो। हरेक पटक सरकार परिवर्तन हुँदा प्रधानमन्त्री र मन्त्रीलाई भेटेर छोराको रिहाइको लागि अनुरोध गर्दै आएका छन्, अमरका बुवा कर्ण बम।

छोराको रिहाइको लागि भन्दै काठमाडौँ आवतजावत गर्दागर्दै ऋणको भारी परेको छ, बम परिवारमा। वम परिवार अझै पनि छोरा निर्दोश रहेको र उसको रिहाइ गरिदिन विभिन्न सरकारी निकायसँग आग्रह गर्दै आएको छ। दार्चुलाको दुर्गम गाउँका ती बम परिवारको आवाज अहिलेसम्म न सरकारले सुन्यो, न त ठोस् पहल नै भयो। धनुसा भन्छन्, “ज्यान रहेसम्म श्रीमान् आउँला भनेर बाटो कुर्दै बसेकी छु।”

उति बेला एकजना भारतीय व्यापारी शरद सेठ्ठीको हत्यामा संलग्न रहेको भन्दै दुवईको अदालतले अमर बमसहित दुई भारतीयलाई सन् २००७ मा मृत्युदण्डको सजाय सुनाएको थियो। युएई सरकारले मृत्युदण्ड सजाय सुनाएकै १३ वर्ष भयो। उनीसँगै मृत्युदण्ड सुनाइएका भारतीय नागरीकद्वय मनोज मुदाना र करनसिंह राजपुतले पनि अमर निर्दोष रहेको लिखित बयान दिएपनि अमरको रिहाइका लागि सरकारले ठोस पहल गर्न नसकेको परिवारको आरोप छ। भारतको एक मार्बल कम्पनीमा सन् २००१ देखि कार्यरत बमलाई एक जना भारतीय नागरिकले बीस हजार भारतीय रुपैयाँ तलब दिने लालच देखाई सवारी चालकका रुपमा युएई पुर्याएका थिए।

युएई पुगेको तेस्रो दिन दुवईस्थित इन्डियन क्लबमा दुई भारतीय नागरिकलाई पुर्याउन गएका अमरलाई बाहिर बस्न लगाएर ती भारतीय नागरिकले क्लबमा गएर एक जना सेट्ठी थर भएका भारतीय नागरिकको हत्या गरेका थिए। त्यहाँको भाषा नजान्दा अमरमाथि हत्या आरोप लागेको हो।

गरिब परिवारमा जन्मिएका बम घर परिवारको जोहो चलाउनका लागि नै भारतमा गाडी चलाउन गएका थिए। धनुसा भन्छन्, “श्रीमान् गएको १७ वर्ष हुँदा पनि म उहाँकै बाटो कुरेर बसेको छु। घरमा गाइभैसी, खसीबाख्रा पालेकी छु। अझै पनि श्रीमान्को रिहाइका लागि सरकारले पहल गरिदिओस् भन्ने मेरो माग छ।”दिनेश खवर 

चर्चामा

सम्बन्धित समाचार