• होमपेज
  • कला /साहित्य
  • मैहुँ भन्नेहरु भित्र भित्रै जलेको देख्छु,

मैहुँ भन्नेहरु भित्र भित्रै जलेको देख्छु,

  • सोमवार, भदौ ८, २०७७
मैहुँ भन्नेहरु भित्र भित्रै जलेको देख्छु,

मैहुँ भन्नेहरु भित्र भित्रै जलेको देख्छु,
रचना मुटुमै लागेछ रता ढलेको देख्छु।

धेरै लाई अबिर लगाएर स्वागत गरेका,
उनैको मुटु भित्र ज्वाला बलेको देख्छु।

अरुलाई होँचो देखाउँन आफु अग्लिने,
नेताहरु को गोडा समेत मलेको देख्छु।

भन्छ क्रान्तिकारी सतिशाल आफुलाई,
उनैभित्र धेरै अवसरबाद पलेको देख्छु।

कता कति परिवर्तनकै आँकुरा देखेसी,
उनिहरु को आस्था झनै गलेको देख्छु।

यस्तै यस्तै अवसरबादले गर्दा ता होला,
बर्गशंघर्षको मूल बाटोनै छलेको देख्छु।

कारोवार ठेक्का बट्टा र दलालिको गर्दा,
त्यसैलेपनि पुँजीवाद सँगै रलेको देख्छु।

छन कयौँ कम्युनिष्ट नाम धारी देश भित्र,
उनैको खिचलो ले क्रान्ती टलेको देख्छु।
सुरेशकुमार पान्डे।

चर्चामा

सम्बन्धित समाचार