शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नगरपालिकामा २० बेडकाे आइसाेलेसन

बुढिगंगा नगरपालिकामा २० बेडकाे आइसाेलेसन

  • शनिबार, भदौ ६, २०७७
बुढिगंगा नगरपालिकामा २० बेडकाे आइसाेलेसन

बुढिगंगा नगरपालिकाले २० बेडकाे आइसाेलेसन निर्माण गरेकाे छ । काेराेना संक्रमितकाे उपचारका लागि भन्दै टाँटे स्वास्थ्य चाैकिमा २० बेडकाे आइसाेलेसन निर्माण गरेकाे स्वास्थ्य संयाेजक दिपक शाहले बडिमालिका खबरलाइ बताएका छन् ।

संघिय सरकार र प्रदेश सरकारले प्रत्येक स्थानिय तहले अनिवार्य आइसाेलेसन निर्माण गर्ने निर्देशन गरेकाे थियाे । नगरपालिकाले टाँटे स्वास्थ्य चाैकीमा आइसाेलेसन निर्माण गर्ने निर्णय अनुसार आइसाेलेसन निर्माण गरेकाे नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । काेराेना संक्रमित लक्षण चिन्ह देखा परेका बिरामीलाइ आइसाेलेसनमा राखेर उपचार गर्ने रहेकाे छ ।

अलि जटिल खाले बिरामीका लागि भने जिल्ला अस्पताल बाजुरामा रिफर गरेर उपचार गर्ने रहेकाे छ । बाजुरामा नयाँ काेराेना संक्रमित रहेकाे स्वास्थ्य कार्यलय बाजुराले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार