शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बुढिनन्दा
  • बाढीपहिरो र खाद्यन्नको अनुगमनका लागि गाउँ गाउँमा पुग्दै बाजुराका सिडियो

बाढीपहिरो र खाद्यन्नको अनुगमनका लागि गाउँ गाउँमा पुग्दै बाजुराका सिडियो

  • शनिबार, भदौ ६, २०७७
बाढीपहिरो र खाद्यन्नको अनुगमनका लागि गाउँ गाउँमा पुग्दै बाजुराका सिडियो

बाजुरा — बर्षायामको समयमा भएको क्षेती र उत्तरी क्षेत्र खाद्य संकटको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे गाउँ गाउँमा पुग्ने गरेका छन । पछिल्लो २ महिना यता जिल्लामा बाढि र पहिरोले गर्दा गाउँ गाउँमा धेरै क्षेती भएको छ । जिल्लाको उत्तरी क्षेत्रमा भएको क्षेती र खाद्य संकटको अनुगमनका लागि बाजुरा जिल्लाको पुर्बी उत्तर क्षेत्रको अनुगमनका लागी प्रमुख जिल्ला अधिकारी सहितको टोलि गएका छन ।

टोलिमा प्रहरी प्रमुख तथा डिएसपी टंक प्रसाद भट्टराई पनि गएका छन् । कोल्टी जादै गर्दा बाटोमा पर्ने स्थानहरुको पनी अनुगमन गरेका छन । शुक्रवार बडिमालिका नगरपालिका ७ का बिभिन्न ठाउँमा पुगेर अनुगमन गरेको बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताए । बाढी र पहिरोले बुढिनन्दा नगरपालिका लगायतका क्षेत्रमा पारेको क्षतिको निरिक्षण गर्ने रहेको छ । त्यो सँगै कोल्टि लगायत स्थानिय बजारको अनुगमन र अबस्था अध्ययन रहेको छ ।

त्यो क्षेत्रमा भएको खाद्य संकटको अबस्थाको अनुगमन गर्ने रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बडिमालिका खबरलाई वताएका छन् । कोल्टि र कवाडी डिपोमा चामल नहुँदा त्यो क्षेत्रमा चरम खाद्य संकट रहेको पाईएको छ । हवाई मार्फत चामल ढुवानीका लागि पहल भइरहेको जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।

उत्तरी क्षेत्रकाे खाद्दन्न, बाढि पहिराेका अबस्था का बिषयमा उत्तरी क्षेत्रमा रहेका स्थानीय तह हिमाली गाउँपालिका, स्वामी कार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिकामा भएकाे खाद्द संकट र बाढि पहिराे बाट क्षेतीकाे अनुगमन गरिने प्रमख जिल्ला अधिकारी गैह्रेले बताए ।

चर्चामा

सम्बन्धित समाचार