बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका महिला पत्रकारहरुले तिज खर्च बचाएर एकल महिलालाई सहयोग

बाजुराका महिला पत्रकारहरुले तिज खर्च बचाएर एकल महिलालाई सहयोग

  • शुक्रबार, भदौ ५, २०७७
बाजुराका महिला पत्रकारहरुले  तिज खर्च बचाएर एकल महिलालाई सहयोग

बाजुरा — बाजुराका महिला पत्रकारहरुले आफ्नो तिज खर्च बचाएर एकल महिलालाई सहयोग गरेकी छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको सहयोगमा शुक्रबार हरितालिका तिजका दिन आफुहरुले दर खाने खर्च कटाएर वडिमालिका नगरपालिकाका ४ जना एकल महिलालाई खाद्यान्न सहयोग गरेका हुन् ।
वडिमालिका नगरपालिका वडा नं २ की सारदा खत्री, वडा नं ७ की सुन्धरा धामी, र वडा नं ९ की तुला चँदारा र सिता नेपालीलाइ नेपाल पत्रकार महासघं महिला समुहले  प्रत्यक ब्यक्तीलाइ  ३० केजी चामल, २ पोका तेल, १ पोका नुन  वितरण गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार