बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • लोप हुँदै भाँणी ब्यबासाय, पाइदैनन काठका दुन्यारा

लोप हुँदै भाँणी ब्यबासाय, पाइदैनन काठका दुन्यारा

  • शुक्रबार, भदौ ५, २०७७
लोप हुँदै भाँणी ब्यबासाय, पाइदैनन काठका दुन्यारा
तस्वीर : सामााजीक संंजालबाट

लक्ष्मीराज पाध्याय —  केही समय पहिला काठको ठेकीमा दही जमाउने सोही काठको ठेकीमा मोही बनाउने गर्थे तर अही गाउँमा पनी बिरलै भेटिन्छन काठका ठेकीहरु । चदाँरा जातका मान्छेको महत्वपुणर् भाणी ब्यबासाय थियो अहिले त्यो पेशा नै हराएको बुढापाकाहरु बताउछन । पहिले गाउँमा स्थानीय भाषामा ( दुन्यारा, तुरी, ठेकी, चौठा, गाभु, मेग्रा ) नामका काठका भाडाकुडाहरु बनाएर बिक्रीमा ल्याउथे अहिले कतै पाईदैन बडिमालिका नगरपालिका वडा न ७ को गोपी धामीले बताए । हाल पलाष्टीकको घैटाहरु प्रयोग गर्नुपर्ने भयो उनले थपे । पुराना फुठेका कट्टाहरु भने गाउँमा कसै कसैको घरमा पाइन्छन तर प्रयोग बिहिन भएका छन फुटेका कारण प्रयोग गर्न नमिल्ने नमिल्ने भएकोले कट्टाहरुमा अन्न गेडागुडी थुपारेको देख्न पाइन्छ ।
त्यो संगै सबै भन्दा बढि काठका भाडा बनाउन लालीगुराँस प्रयोग हुन्छ त्यो नेपालको कानुनले बन्देज गरेका कारण पनी पछिल्लो समय भाणी ब्यबासाय लोप हुदै गएको भाणी ब्यबासायीहरु बताउछन । बजारमा लालिगुरासंको काठ नै बढि माग हुने र सो काठ काट्न बन्देज गरिएको कारणले पनी समस्या हुने गरेको ब्यबासायी बताउछन । अर्को कारण पागरको पनी बनाउन मिल्छ तर त्यो काठमा राखेको दहि दुध तितो हुने भएका कारण बजारमा माग कम हुने गरेको स्थानीयले बताउने गरेका छन ।
पछिल्लो समय बिभिन्न समस्याका कारण चदारा जातले बनाउने भाणी ब्यवासाय हराउदै गएको पाईन्छ । समयको मागअनुसार गाउँमा भाणी लगाएर बनाएको काठको ठेकी भन्दा सस्तो मुल्यमा पलाष्टीक बाट बनेका भाडाकुडाहरु सस्तो मुल्यमा पाउने भएकाले आफुले बनाएका ठेकीहरु बिक्रीमा कमी आएको र बिस्तारै त्यो ब्यबासायबाट पछि हटेको बडिमालिका नगरपालिका ७ ढम्कनेका बाँका चँदाराले बताए । उनले भने बाजेको पालादेखी चलिआएको ब्यबासाय छोड्न मन लागेको त थिएन तर पनी बिभिन्न समस्याका कारण ब्यबासाय नै धरापमा परेको छ चदाँराको भनाई रहेको छ ।
पछिल्लो समय बजारको अभाव देखउदै भाणी ब्यबासायबाट पछि हटेको बताउछन संकर चदारा । बजारको पनी अभाव बनले काठ पनी पुर्जी काटेर पनी दिदैनन त्यसकारण पुख्र्यौली ब्यबासाय छोड्न बाध्य भएको संकर चदाराको भनाई रहेको छ । उनले भने यदि बजारको अभाव र बनले पनी सहज रुपमा काठ उपलब्ध गराउने हो भने मैले हाल संचालन गरेको ब्यबासाय छोडेर पुख्र्यौली ब्यबासाय नै गर्थे उनले बताए । त्यो ब्यबासय गर्न कानुन तह बनले बन्देज गरेकै कारण हाल सदरमुकाममा बङ्गुर पालन ब्यबासाय रोज्न बाध्य बनाएको उनले बताए ।
हाल गाउँमा पनी गाई भैसीको दुध दही जमाउने र मोही बनाउने ठेकीहरु लोप हुदै गएको पाइन्छ । त्यो संगै पालास्टीक र स्टिलको भाडामा बनाएको दही दुध र मोही राम्रो पनी नहुने र त्यसको रसायनका कारण स्वास्थ्यमा समेत समस्या ल्याउने गरेको छ ।
संकर चदारा भन्छन यदि स्थानीय तह, प्रदेश सरकार र केन्द्रीय सरकारले कुनै कानुन बनाएर सहज रुपमा काठ उपलब्ध हुन सक्यो भने भाणी ब्यबासाय संचालन गर्न कुनै कठिनाई नहुने बताउछन ।
पछिल्लो समय भाणी ब्यबासायीले सो भाडाको मुल्य पनी नपाउने बजार पनी नहुने त छदैछ । त्यो संगै पछिल्लो पुस्ता पढ्दै बाहिर जादै अन्य जागिरको शिलशिलामा बाहिरतिर जानुपर्ने भएका कारण पनी ब्यबासाय हराउदै गएको भाणी ब्यबासायी बताउछन ।

चर्चामा

सम्बन्धित समाचार