मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • गाैमुल १ सिमका बिस्थापित परिवारलाइ हेलिकप्टर बाट राहत पुर्‍याउने

गाैमुल १ सिमका बिस्थापित परिवारलाइ हेलिकप्टर बाट राहत पुर्‍याउने

  • मङ्लबार, भदौ २, २०७७
गाैमुल १ सिमका बिस्थापित परिवारलाइ हेलिकप्टर बाट राहत पुर्‍याउने

गाैमुल गाँउपालिका १ सिमका २० बाढीपीडित परिवारलाइ हेलिकप्टर बाट राहत पुर्‍याउने तयारी भइरहेकाे छ । साउन २५ गते बुढिगंगा नदिमा आएकाे बाढिले सिमगाँउका घर बगाएकाे थियाे । स्थल मार्ग बाट राहत लिन समस्या भएपछि हेलिकप्टर बाट राहत सामाग्रि पुर्‍याउने तयारी भएकाे प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बडिमालिका खबरलाइ बताएका छन् ।

बिस्थापित भएकाे दिन देखि नै हेलिकप्टर बाट राहत पुर्‍याउने तयारी भइरहेकाे थियाे तर प्रतिकुल माैसमले पठाउन नसकिएकाे प्रजिअले वताएका छन् । साेमवार पनि सुर्खेत बाट बाजुरा आउनका लागि तयारी अबस्थामा रहेकाे थियाे हेलिकप्टर माैसम खराब भएकाे कारणले आउन नसकेकाे हाे, माैसम सफा भयाे भने सम्भबत आज हेलिकप्टर बाट राहत पुर्‍याउने रहेकाे प्रजिअले वताएका छन् । गाँउपालिका अध्यक्ष हरि बहादुर राेकायाले भने हेलिकप्टरका लागि पहल गरिरहेका छाै चाडै राहत पुर्‍याइ सक्ने वताएका छन् ।

बुढिगंगा नदिमा आएकाे बाढिले सिम गाँउमा रहेका २० परिवारका १ सय १३ जना साेमवार बाट पुर्ण रुपमा बिस्थापित भएका छन् ।  बिस्थापित काेहि जंगलमा बसिरहेका छन्, काेही अरुकाे घरमा साहारा लिइरहेकाे छन् केही भने खुला ठाँउमा पाल हालेर बसेकाे घटनास्थल पुगेका प्रहरी प्रमुख डिएसपी टंक प्रसाद भट्टराइले वताएका छन् । मानविय क्षति भने केही नभएकाे गाइ गाेरु बाख्रा लगायत घरमा रहेकाे सबै सम्पत्ति बगाएकाे प्रहरीले वताएकाे छ।

चर्चामा

सम्बन्धित समाचार