बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • ज्याकलिनले २ गाउँका १५ सय मानिसको जिम्मा लिइन

ज्याकलिनले २ गाउँका १५ सय मानिसको जिम्मा लिइन

  • सोमवार, भदौ १, २०७७
ज्याकलिनले २ गाउँका १५ सय मानिसको जिम्मा लिइन

बलिउड कलाकारले सामाजिक काममा पनि आफूलाई समर्पित गर्दै आएका छन् । कलाकारहरुले कोरोनाको कारण उत्पन्न परिस्थितीले समस्यामा परेका मािनसहरुका लागि मन खोलेर काम गरिरहेका छन् । नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनको अवसर पारेर महाराष्ट्रका २ गाउँका १५ सय ५० मानिसको जिम्मा लिएकी छिन् । उनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका १५ सय ५० मानिसको जिम्मा ३ बर्षका लागि लिएकी हुन् । ज्याकलिनले ३ बर्षसम्म गाउँमा रहेका १५ सय बढी मानिसहरुका लागि खानेकुराको व्यवस्था गर्नेछिन् । यो गाउँका मानिसहरु आधारभुत आवश्यकताबाट बन्चित रहेको ज्याकलिनको भनाई छ ।

भारतीय मिडियासँग कुरा गर्दै उनले गाउँका धेरै बच्चाहरु कुपोषणको शिकार भएका छन् । उनले बच्चाहरुका लागि पोषिलो खानाको व्यवस्था गर्ने बताएकी छिन् ।यस्तै, उनले गाउँमा जनचेतनामुलक कार्यक्रम समेत संचालन गर्नेछिन् । गाउँमा जन्मिएका नयाँ बच्चाहरुलाई के खुवाउने भन्ने बिषयमा उनीहरुका आमाहरु अनविज्ञ रहेको भन्दै ज्याकलिनले उनीहरुका लागि चेतनामुलक कार्यक्रम आवश्यक रहेको बताइन् । उनका अनुसार, गाउँमा २० वटा किचेन तयार गरिनेछ । जहाँबाट महिला, बच्चाहरुले पोषिलो खानेकुरा पाउनेछन् ।

चर्चामा

सम्बन्धित समाचार