शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • खै त मास्क र सामाजिक दुरी ?

खै त मास्क र सामाजिक दुरी ?

नीति बनाउने र कार्यन्वयन गराउने अधिकारीनै मास्क लगाउदैनन

  • सोमवार, भदौ १, २०७७
खै त मास्क र सामाजिक दुरी ?
जिल्ला प्रशासन कार्यालयले बोलाएकाे बैठकमा सहभागि अधिकाँसले लगाएका छैनन मास्क न सामाजिक दुरी

पदमबहादुर सिंह/ बाजुरा– बाजुरामा कोरोना महामारी नियन्त्रण सम्बन्धि नेपाल सरकारले बनाएको नियम नै पालन नगरेको पाईएको छ । जिल्लाका नियम पालना गराउने निकायका प्रमुख नै सार्बजनिक कार्यक्रम तथा बैठकमा सहभागि हुदा न मास्क लगाउछन न सामाजिक दुरीनै कायम गरेको पाईन्छ ।
केही दिन अगाडी जिल्ला प्रशासन कार्यालय बाजुराले आयोजना गरेको जिल्ला बिपत्त ब्यबस्थापन समितिको बैठकमा बैठकको अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रे, जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र रोकाया, नेपाली काँग्रेस बाजुराका सभापति कबिराज पण्डित, बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल, नेपाल कम्युनिष्ट पार्टी बाजुराका कार्यालय सदस्य गगन रावल, नेकपाका नेता अम्मर खड्का, काशी बिक बैठकमा उपस्थित थिए । त्यस्तै उद्योग बाणिज्य सघका अध्यक्ष देबबहादुर रोकाया, नेपाल पत्रकार महासघ बाजुराका अध्यक्ष प्रकाश सिंह, गैसस महासघ बाजुराका अध्यक्ष अग्नी शाही लगाएतका धेरै सहभागिहरुले मास्क नलगाएर बैठकमा सहभागि थिए । न सामाजिक दुरी नै कायम गरेको देखियो ।


फोटो प्रष्ट देखी देखिन्छ, न मास्क लगाएका छन्, न सामाजिक दुरी कायम गरेको पाईन्छ । नेपाल सरकारले कोरोना महामारी रोक थाम तथा नियन्त्रण गर्न बजारमा हिड्ने देखि सार्बजनिक कार्यक्रम तथा बैठकहरुमा अनिबार्य मास्क र सामाजिक दुरी कायम गर्ने नियम बनाएको छ । नियम पालन नगर्नेलाई एक सय रुपैया जरीवाना र तीन महिना जेल सजाय गर्ने नियम बनाएको भएपनि बाजुरामा कार्यन्वयन नभएको देखिन्छ ।


बचारमा सर्बसाधारण खुलम खुला मास्क बिना हुल बाधेर डिडडुल गरि रहेको देखिन्छन्, प्रहरी प्रशासन देखि कुनै निकायले वास्ता नगरेको देखिन्छ । हुनत बाजुरामा कोरोनकाे महामारी धेरै नभएर पनि होला, नियम कार्यन्वयन नगरेको तर बिपत्त जति बेला पनि निम्तन सक्छ ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने सक्रिय कोराना संक्रमित भएका जिल्लाहरु बढी जोखिमा रहेको मानिएकोले बाजुरामा कोरोनाका सक्रिय बिरामी नभएकोले अन्य जिल्लाको तुलनामा खुकुलो बनाएको बताए । साफे मार्तडी सडक बर्षाका कारण बन्द भएपछि अन्य जिल्लासंगको सम्बन्ध तोडिएकोले जिल्ला भित्र त्यति जोखिन नरहेको गैह्रेले बताए । तर सडक बन्द हुदाँ पिसआर जाँच गर्न समस्या भएको छ । अहिले बाजुरामा पिसिआर जाँच नभइरहेको अबस्था छ ।
अहिले पनि बाजुरामा क्वारेनटाइनमा बसेकाको पिसिआर जाँच गर्न नसकेको स्वास्थ्यकर्मीले वताएका छन् । क्वारेनटाइन बाट आएका स्वास्थ्यकर्मीको ५ देखी ७ दिनमा पिसिआर गर्नुपर्ने हुन्छ, तर हुन नसकेको अस्पताल बाजुराका प्रमुख डा. रुपचन्द्र बिश्वकर्माले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार