शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • हप्ता दिनसम्म पनि फेला परिनन बेपत्ता वडा अध्यक्ष महत्तकी आमा

हप्ता दिनसम्म पनि फेला परिनन बेपत्ता वडा अध्यक्ष महत्तकी आमा

  • सोमवार, भदौ १, २०७७
हप्ता दिनसम्म पनि फेला परिनन बेपत्ता वडा अध्यक्ष महत्तकी आमा

बाजुरा १ भदौ — लगाताको बर्षाका कारण साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीमा बेपत्ता भएकी बडिमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्मर महत्तकी आमा एक हप्तासम्म पनि फेला परेकी छैनन ।

बाजुरा देखी अछामसम्मका प्रहरी स्थानियहरु बेपत्ता ६५ वर्षिया अईसेनी महत्तको खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालायका प्रमुख प्रहरी नायब उपरिक्षक टंक प्रसान भट्टराईले बताए ।
अत्याधिक बर्षाका कारण नदिमा पानीको बहाब धेरै भएको र पहिरोले माटो बालुवा काठ बगाएर ल्याएकोले कता पुर्यो पुर्यो खोजीकार्यमा समस्या भएको प्रहरी प्रमुख भट्टराईले बताए ।
वडा अध्यक्ष महत्तको घर पूर्ण रुपमा बाढीले बगाएको छ । बेपत्ता आमा फेला परेको भए परिवारलाई पनि चित्त बुझाउने बाटो हुन्थ्यो । परिवार नै तनाबमा भएको वडा अध्यक्ष महत्तले बताए । आफन्तहरु सबै टेलिफोबाट प्रत्यक्ष भेटेर सधै हालखबर सोध्छन खबर के भन्ने के भन्ने हुन्छ ।
२५ गते राति बुढीगंगा नदिमा बाढी पहिरोले नदि छेउछाउका ६८ परिवार बढी बिस्ताबित भएका छन भने, २ सय २६ परिवारका घर जोखिममा रहेको जिल्ला बिपत ब्यबस्थापन समितिमा तथ्याड्ढ आएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै साफे मार्तडी सकड खण्डको जडाङ्गाको बेलिब्रीज पुल सहित ६ ओटा झोलुंगे पुल बगाएर सदरमुकाम आउन जान स्थानिय लाई समस्या हुनुका साथै यातायात पूर्ण रुपमा बन्द भएका छन् । भने जिल्लामा दैनकि उपभोग्य सामानको अभाब हुन थालेको छ ।

चर्चामा

सम्बन्धित समाचार