मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाद्धारा राहत संकलन

बडिमालिका नगरपालिकाद्धारा राहत संकलन

  • आइतवार, साउन ३२, २०७७
बडिमालिका नगरपालिकाद्धारा राहत संकलन

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका र शिक्षकहरुले बाढिपिडीतहरुका लागि राहत संकलन कार्य सुरु गरिएको छ । साउन २५ गते राती बुढिगंगा नदिको मुहानबाट आएको बाढिका कारण प्रभाबित क्षेत्रका पिडीतहरुका लागि राहत संकलन गरिएको बडिमालिका नगरपालिकाले जनाएको छ ।
बडिमालिका नगरपालिकाको ५१ औँ नगरपालिका कार्यपालिकाको बैठकले हाल सम्म संकलन भएको राहतको सार्बजनिक समेत गरेको बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालले बताएका छन।
बडिमालिका नगरपालिकाका बिभिन्न ठाउँमा भएको क्षेतीको आधारमा शिक्षक र जनप्रतिनिधीबाट संकलन गरिएको राहत स्वरुप बितरण गरिने बडिमालिका नगरपालिकाद्धारा नगरबासीको नाममा सार्बजिक सुचनामा उल्लेख गरिएको छ ।
बडिमालिका नगरपालिका वडा न २ का वडा अध्यक्ष डम्मर महतकी आमा बाढिमा ब्यपत्ता भएकी र हाल सम्म पनी कुनै पत्ता नलागेको र सो को लागि परिवारजनमा धैरेधारणका साथै पिडीतहरुका लागि राहत संकलन भइसकेकोले केही दिनमै राहत बितरण कार्य अगाडी बढाउने बताएको छ ।
हालसम्म बडिमालिका नगरपालिकाका कर्मचारीहरुबाट ४ लाख ९५ हजार ५ सय ७४, शिक्षकहरुबाट ७ लाख ५१ हजार १ सय २२ रुपैया जम्मा भएको जनाएको छ । त्यसै गरि जनप्रतिनीधीहरुबाट १ लाख ३९ हजार ९ सय ३५ गरी जम्मा १३ लाख ६८ हजार ६ सय ३१ रुपैया जम्मा भएको नगरपालिकाले जनाएको छ ।
बुढिगंगा नदिमा आएको बाढिबाट घरबास बगाए पिडितहरुलाई प्रति परिवार २० हजारका दरले बितरण गर्ने निणर्य भएको नगरपालिकाले जनाएको छ । त्यसै गरी छानो बगेका पिडीतहरुका लागि प्रति परिवार १० हजारका दरले राहत स्वरुप नगद बितरण गरीने जनाएको छ । मृतकका परिवारलाई २० हजार क्रियाखर्च वाफत भनेर दिने निणर्य भएको छ र बाँकी रकम क्षेतीको बिवरण र बृस्तीत प्रतिबेदनका आधारम बितरण गरिने जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार