शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • के हामि फेरी त्यँही फर्किदै छाैँ ?

के हामि फेरी त्यँही फर्किदै छाैँ ?

  • आइतवार, साउन ३२, २०७७
के हामि फेरी त्यँही फर्किदै छाैँ ?

त्यो बेला प्रवाशी नेपालीहरुमा गलत बानि ब्यहोरा छताछुल्लै थियो।देशभित्रको निरंकुश पञ्चायती तानाशाही ब्यबस्था र सामन्ति संस्कारमा हुर्किएका नेपाली श्रमजिवीहरुमा पनि त्यसैको प्रभाव प्रष्ट देखा पर्थ्यो।
भारतमा सुरु-सुरुमा त्यहि ब्यबस्थामा रम्न खोज्नेहरुले कयौँ प्रकारका झेत्रिय र धार्मिक समाज संगठान बनाएर त्यहि ब्यबस्थालाई जानि नजानी सहयोग पुराएका थिए।भारतमा आएर मज्दुरी गर्ने सोजा साजा नेपालीहरु लाई कुनैन कुनै रुप बाट त्यो बेला पुल बनाउँने,धर्मशाला बनाउँने,मन्द्रिर बनाउँने आदि यित्याती बहानामा मज्दुर लाई लुटेर आ-आफ्ना स्वार्थ पुरा गर्दै आएका थिए।मौका प्रस्त तत्वहरुले त्यो बेलाको अबस्थानुसार ब्यबहार अप्नाएर भारत स्थित नेपालीहरुलाई दोहन गर्दै आए।वास्तबमा अखिल भारत नेपाली एकता समाजको ७नोवेम्बर १९७९मा उदय भयो यो संगठनलाई फल्न र फुल्न नदिने बिभिन्न खाले ब्याक्तिगत स्वार्थमा तल्लिन गुटहरुले ठाउँ-ठाउँमा एकता समाजका कार्याक्रता नेताहरुमाथि आकार्मण गर्ने गरे,साथै हुँन लागेका कार्यक्रम सम्मेलनहरु लाई बिथुल्ने जस्ता घृणित काम गर्न थाले।

आफ्ना लठेत हरु प्रयोग गरेर एकता समाजका नेता कार्याक्रता हरुको मनोबल गिराउँन ठुलो प्रयात्न गरे।संगठानको नियम पद्धति कार्याप्रणाली ठिक भयपछि बिस्तारै जनताको संगठनले सहयोग पायो।उनै आकार्मण गर्न आएका श्रमजिवीहरुले सगठनको कुरा बुझेपछि स्वायम पनि एकता समाजको झण्डा मुनि संगठित भएर आफुलाई शुरक्षित महेशुर्ष गर्न थाले।जस्तै जस्तै भारतमा एकता समाजको बिकास हुँदैगयो ति झरी च्याउ जस्तै उम्रिएका संगठन हरु लोप हुँदै गए।यसले के बुझायो भने संगठनको नियम बिधान र ब्यबहार ठिक छ भने त्यो संगठनलाई कसैले हराउँन सक्दैन।उनिहरुले धाग लगाउँथे तन्ते कथा र सास्त्र सुनाउँथे तर एकता समाजले काम गरेर देखाउँथ्यो।उनिहरुले एकता समाजलाई तहस नहस पार्न भाडाका लठेत प्रयोग गर्थे एकता समाजले उनै लठेतहरु लाई स्वाँय सेवक को रुपमा जन्मायो परिणाम गलत कृयाकलापमा लागेका ब्याक्तिगत स्वार्थमा जनता लाई लुट्न गोज्नेहरु पतन हुँदै गए।अखिल भारत नेपाली एकता समाजको दिन दुई गुना रात चौगुना बिकास भयर गयो।
आम शोसित पिडित जनताहरुनै एकता समाजका खम्बा बन्दै गए।स्थानिय जनता समेतले पनि एकता समाजको काम देखेर साथ सहयोग दिन थाल्यो।यो एउटा बलियो सामाजिक संगठनमा प्रणित र परिचित भयो। यस्तो सामाजिक संगठन जस्ले देश बिदेशमा हुँने राष्ट्रियता जनतन्त्र र जनजिविकाको बारे उठेका तमाम आन्दोलनहरु सँग एक्यावद्धता र समर्थन को नीति अपनाउँदै गयो।खास गरेर भारत स्थित नेपालीहरु जो सुगौली सन्धि र मैत्रि सन्धि बाट आएकाहरु समेतलाई संगठित गरेर उनिहरुको प्रवासी र अप्रवासीहरुको मुद्धामा त्यहि प्रकारले शंघर्ष गर्दै आयो।दुई पर्कारका नेपाली हरु भयपनि मुलतः समस्या एकैनासे थियो र त्यहि प्रकारले सँगठनलाई परिचलान गय्रो।जनताका पिर-मर्कामा स्वायत्तफुर्त रुपमा समाजका कायर्याक्रता दिन रात खटिए।निस्वार्थ जनताको सेवा गर्दै जाँदा संगठन जनताको आँखाको नानि बन्न सफल भयो।

संगठन सँग समाज बिरोधी तत्वहरु डराउँथे यँहा सम्मकि पहिले गोर्खे, बहादुर भनेर हिँशा गर्ने ह्याप्ने प्रसाशन स्थानिय धनिहरु पनि अब नेपालीलाई नामले र ईज्जतले बोलाउँन थाले।यो संगठनको देन हो।समाजले भारतका बिभिन्न सहरमा असामाजिक तत्वहरुले गरेका तमाम कु-क्रमहरुलाई खोतल्दै बधुवा मज्दुरहरु लाई छुडाउँदै त्यसको बिरोधमा सिमाना वा स्थानिय प्रसाशनलाई झक-झकाउँदै मिडियामा प्रचार र उनका भण्डाफर्डो गर्दै गर्दा भारत स्थित नेपालीहरुको दिनौ घट्ने घटनाहरुमा सिमित रुपमा सुधार पनि भयो।ठुलठुला घटनाहरुको उज्गारपनि भयो र पिडित पक्षका हितमा फैसला हुँदै गएको सफलता ले संगठनलाई देश बिदेशमा आफ्नो पहिचान बनाउँन सफलता पनि मिल्यो।यो संगठनको सबल पक्षयहो।
तर बेला बखतमा संगठानको नृतित्व तह बाट भयको संगठनमा आकार्मणले संगठनमा ठुलो नोक्सानपनि भयकोछ।समय समयमा नृतित्व तहमा पुगेर ब्याक्तिगत स्वार्थ पुरा गर्न खोज्ने अवसरबादीहरुले गर्दा इमानदार कार्याक्रता को मनोबलमा सिथिल्ता पनि जन्माएकोछ।कति पय अबस्थामा संगठन बाट भाग्ने र सगठनलाई नोक्सान पुराएपछि पुन फर्केर आउँदा उन्को स्वागत र सम्मानमा अबिर जात्रा फुलमालाको स्वाग अनि पुन प्रमोसनले पनि उनै अवसरबादले ईमानदार खम्बाहरुमाथि उत्पिडन थोप्ने कार्याले ईमान्दार कार्याक्रता को मनोबलमा गिरावट आएको कुरा सत्य हो।
जस्को खाए जसबाट शिक्षा हासिल गरे त्यसैको छत र छाँयामा बसेर संगठनाका जरा काट्नेहरुले संगठनलाई ठुलो नोक्सान पुराउँदै आएकापनि छन।संगठनलाई आफ्नो स्वार्थमा टुक्रा-टुक्रा पार्ने खोज्ने शडयन्त्रकारी हरुले जनतामा र कार्याक्रता मा पनि ब्यापक भ्रम श्रृजित गरेकाछन।उपरोक्त कयौँ समय-समयमा भयका कम्जोरीरु संगठनलाई कम्जोर बनाएतापनि संगठनले अहिलेपनि मुलरुपमा जनताको समस्याहरुलाई समेटने प्रयात्न गर्दै आएकोछ।

तर देशभित्र हुँने राजनीति उथल पुथलले पनि असर पुराउँने गर्छ।अहिले कोरोनाको मारमा परेका आम सोशित पिडित नेपालीहरुको हितमा यो प्रतिकुल अबस्थामा पनि भारत ब्यापिरुपमा समाजले गरेको कार्या सहरानियछ।तर आज संगठनाम नयाँ जोसिला युवाहरुको कमि भयको सच्चाईलाई पनि नकार्न हुँदैन।भारतमा आज नेपालीहरु संगठन तिर भन्दा बिपरीत दिसामा ढल्किदै गयको ब्यबहारले आउँने दिनहरुमा जुन दल-दल बाट संगठनले निकाल्दै आएको थियो र चार दशक लगाएर जुन मान सम्मान हासिल गर्न सफल भयको थियो।

अहिले नयाँ जर्नेशको ब्यबहारले उनिहरु त्यही दलदलमा जाँदैछन जस्तो लाग्छ।नेपाली एकता लाई यँहा सम्म ल्याउँन हजारौँ हजरा नेपाली श्रमजिविहरुको निस्वार्थ रगत र पसिना लागेकोछ।उनिहरु यो संगठनमा नभयए पनि उनिहरुले संगठनलाई दिएको योगदान भुल्नै नसक्किनेछ।

चर्चामा

सम्बन्धित समाचार