शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • झुलङ्गे पुल बगाएको एक हप्ता, अजेटोट्की गाँउ सम्पर्कमा आउन सकेन 

झुलङ्गे पुल बगाएको एक हप्ता, अजेटोट्की गाँउ सम्पर्कमा आउन सकेन 

  • शनिबार, साउन ३१, २०७७
झुलङ्गे पुल बगाएको एक हप्ता, अजेटोट्की गाँउ सम्पर्कमा आउन सकेन 

राजेन्द्र बहादुर रोकाया —  जिल्लाको गौमुल गाउपालिका २ मा रहेको अजेटोट्की गाँउ जोड्ने झुलङ्गे पलु श्रावण २५ गते राती आएको बाढील बगायो । उक्त झुलङ्गे पुल बगाएको आज ६ दिन पुगेको छ । झुलङ्गे पुल बगाए संगै बुढीगंगा नदिले नियमित कटान गरीरहेका कारण बस्ति नै जोखिममा रहेको स्थानीय पारश रोकायाले बताउनुभयो । झुलङ्गे पुल बगाउदा त्यहाँ स्थानीयलाई आवत जावत गर्न समेत निकै समस्या भएको छ । अजेटोट्की टोलमा अहिले करीव ५१ जनाको बसोबास रहेको छ । स्थानीय रोकायाका अनुसार त्यस् टोलका मानिस जाने ठाँउ कतै छैन हिडेरै जान परे अन्द्राडी, अम्लीस हुदै २ दिन लगाएर फेरी मल्दुगन पुग्न सकिने हुदा सोही ठाँउमा पाल र छानामा ओत लाग्नु परेको बताउनुभयो ।

कोही पाल टाँगेर बसीरहेका छन् कोही भैसि राख्ने छानोमा बसिरहेका छन् भने कोही घरमै जोखिम मोलेर बसिरहेका छन् । कोही पालमा र कोही भैसि राख्ने छानोमा बस्छन कोही रातभर नसुतेरै घरमै बस्नु परेको स्थानिय जयबहादुर रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो झुलङ्गे पुल बगिसकेको छ कतिखेर फेरी खोला बढेर कतिखेर बस्ति नै बगाउछ भन्ने चिन्तामा रातभर नसुतेरै दिन बिताउने गरेको बताउनुभएको छ । हाम्रो ठाँउमा कसैले राहत समेत सहयोग गरेन खप्तड मालिका युवा संञ्जालको टोलीआएर ओत लाग्नकै लागी भएपनि पाल सहयोग गरेकोमा सञ्जाललाई त्यहाँका स्थानीयले धन्यबाद दिनुभएको छ ।

बाढी आएको पछिल्लो दिनमै जिल्ला सदरमुकाम मार्तडीबाट संञ्जालका अध्यक्ष गणेश रोकायाको टोली बाढी प्रभाबित क्षेत्रमा पुगेर राहत स्वरुप पाल बितरण गरेको थियो । आज गाँउ नै सम्पर्क बिहिन भएको एक हप्ता पुग्न लाग्दा समेत कुनै निकायले ध्यान नदिएको स्थानीय धनराज रोकायाले बताउनुभयो । स्थानी रोकाया अनुसार हेलिकप्टर मार्फत राहत आउने कुरा त्याका स्थानीयका लागी आश्वासन मात्रै भएको बताउनुभयो । राहत बोकेर लेलिकप्टर आउने भनेको ४ दिन पुगिसकेको छ । अब त्याहाँका स्थानीले राहत बोकेर हेलिकप्टर आउला भन्ने आश समेत मारीसकेको रोकायाले बताउनुभयो । उनिहरुका लागी अब राहत बोकेर हेलिकप्टर आउने दिवा सपना जस्तै भएको छ ।

चर्चामा

सम्बन्धित समाचार