बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अफगानिस्तानमा बम विस्फोटमा चार सर्वसाधारणको मृत्यु, छ जना घाइते

अफगानिस्तानमा बम विस्फोटमा चार सर्वसाधारणको मृत्यु, छ जना घाइते

  • शुक्रबार, साउन ३०, २०७७
अफगानिस्तानमा बम विस्फोटमा चार सर्वसाधारणको मृत्यु, छ जना घाइते

अफगानिस्तानको कान्दाहार सहरको एक सडकमा बम विस्फोट हुदा त्यसमा परी चार जना सर्वसाधारणको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। सर्वसाधारणलाई नै लक्ष्य गरेर त्यहाँ बम राखिएको बताइएको छ।

बिहीबार सडकको किनारमा राखिएको बम अकस्मात विस्फोट हुँदा बाटो हिँडीरहेका सर्वसाधारण नागरिकको ज्यान गएको हो। अफगानिस्तानको टोलो न्युजले सो समाचार दिएको छ। कान्दाहारको पन्जावी जिल्लाको एक बाटोमा राखिएको बम अकस्मात विस्फोट भएको थियो।

सो बम अफगानिस्तानका तालिबानहरुले राखेको अनुमान गरिएको छ। तालिबानहरुले यसअघि पनि सर्वसाधारणलाई लक्ष्य गरेर सडक किनारमा बम राख्ने गरेकोले यो बम पनि उनीहरुले नै राखेको अनुमान गरिएको छ।

तर यो विस्फोटको जिम्मेवारी भने कसैले लिएको छैन। यसअघि पनि यही अगष्ट ९ मा सोही स्थानमा भएको बम विस्फोटमा परी कम्तीमा पनि ९ जनाको ज्यान गएको थियो।

चर्चामा

सम्बन्धित समाचार