शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बुढीगंगा नदिमा मृत्तक भेटिएकी बालिकाकी आमा तीन दिनसम्म फेला परिनन

बुढीगंगा नदिमा मृत्तक भेटिएकी बालिकाकी आमा तीन दिनसम्म फेला परिनन

  • बिहिबार, साउन २९, २०७७
बुढीगंगा नदिमा मृत्तक भेटिएकी बालिकाकी आमा तीन दिनसम्म फेला परिनन
फाईल तस्वीर

बाजुरा– त्रिबेणी नगरपालिका ८ कालापानी स्थित बुढीगंगा नदिको छेउमा मृक्तक फेला परेकी बालिकाकी आमा तीन दिनसम्म फेला परेकी छैनन ।
मृक्तक बालिका त्रिबेणी नगरपालिका ८ पन्तालीका खडक लुहारकी सात महिना छोरी रितु लुहार रहेकी थिईन भने आमा २५ बर्षिया उज्जला देखी लुहार  तीन दिन देखी बेपत्ता रहेकी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले बताए ।
बालिकालाई स्थानिय ब्यापारीले साउन २७ गते बिहान बालिका मृक्तक देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पछि बार्जुगाड प्रहरी टोलीले अनुसन्धान थालेको थियो । भने सम्पर्क बिहीन आमा लुहारको खोजी कार्य जारी रहेको ठगुन्नाले बताए ।
मृत्तक बालिकाका बाबुका अनुसार २७ गते बिहान आमा र छोरी घरबाट निस्केको र कता गए भन्ने थाहा थिएन । छोरी मृत्तक फेला परेको खबर थाहा पाएको बताएका छन् ।
खोज तलास गर्दा अछामको साफेबगर नगरपालिकाको बैज्जनाथ भन्ने ठाउमा एक जना महिलाको साल फेला परेको खबर आएको छ । हुलिया सोद्दा सम्पर्क बिहीन महिलासंग मिल्दो जुल्दो रहेको रहेकोले बेपत्ता महिलाका आफन्तलाई अछाम पठाएको प्रहरी निरिक्ष ठगुन्नाले बताए । आफन्त पुगेपछि मात्र फेला परे नपरेको थाहा हुने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार