बुधबार, साउन १३, २०७८
  • होमपेज
  • समाज
  • सडक चाडो संचालनको लागि नेकपाका नेताले गराए सरकारको ध्यान आर्कषण

सडक चाडो संचालनको लागि नेकपाका नेताले गराए सरकारको ध्यान आर्कषण

  • सोमवार, साउन २६, २०७७
सडक चाडो संचालनको लागि नेकपाका नेताले गराए सरकारको ध्यान आर्कषण

बाजुरा २६ साउन– लगाताको बर्षाका कारण बिगत एक पहिना देखी अबरुद्ध साफे मार्तडी सडक चोडा सन्चालनको लागि पहल थालेका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपा सुदुरपश्चिम प्रदेश कमिटि अध्यक्ष कर्णबहादुर थापा, बाजुरा जिल्लाका प्रतिनिधि समभा सदस्य नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य लालबहादुर थापा, लगाएतका नेताहरुले नेपाल सरकारका भौतिक पूर्बाधार यातायात मन्त्री बसन्त नेम्वाङ लाई भेटेर ध्यानआर्कषण गराएका छन् ।
साउन २५ गते राती आएको बाढीले जडाङ्गाको बेलिब्रीज पुल लगाएत अन्य थुप्रै झोलुंगे पुल बगाएको छ । नेपाल सरकार भौतिक पूर्वाधार यातायात मन्त्री बसन्त नेम्वाङलाई भेटी केही दिन भित्रै सम्पूर्ण प्रक्रिया पुरा गरेर बेलिब्रीज पुल निर्माणको थालनी गर्न आग्रह गरेका छन् । बेलिब्रीज पुल लगाएत अन्य झोलुंगे पुल बगाएपछि बाजुरा जिल्ला सदरमुकाम अन्य स्थानिय तहबाट सम्पर्क बिच्छेद भएका छन् । झोलुंगे पुल बगाउदा पैदल यात्रा समेत पूर्ण रुपमा बन्द भएको छ ।
प्रतिनिधी सभा सदस्य एवं नेकपाका केन्द्रीय सदस्य लालबहादुर थापाले जिल्लाको तर्फबाट मन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाएका हुन ।
नेकपाका प्रदेश कमिटी अध्यक्ष एवं पूर्व मन्त्री कर्णबहादुर थापा, नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधी सभा सदस्य लालबहादुर थापा, प्रतिनिधी सभा सदस्य नारमुनी राना, नेकपा जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाही, नेकपा कार्यालय सदस्य लालबहादुर ओली, गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकाया सहीतका नेताहरुले मन्त्रालयमा पुगेरै मन्त्रीसँग भेट गरेका हुन् ।
बाढी पहिरोले पुर्याएको क्षति र तत्काल जनतालाई उपलब्ध गराउन सकिने राहत बारे जानकारी गर्नुका साथै बुढीगंगा नदिमा दशै अगाडी नै बेलिब्रीज निर्माण गरि सडक सुचारु गर्ने बारे छलफल गरिएको प्रतिनिधी सभा सदस्य लालबहादुर थापाका स्वकीय सचिव सुरेश रोकायाले जानकारी दिएका छन् ।
मन्त्रालयका तर्फबाट केही दिनमै टेण्डर आह्वान गरेर बेलिब्रीज निर्माणको काम अघि बढाउने र बाढीले क्षति पुगेका झोलुगे पुल निर्माणका लागि पनि यसै वर्ष भित्र निर्माण कार्य थालनी गर्ने बारे छलफल भएको उनले बताए ।
बाजुरा जिल्ला बासीले भोग्नु परेको पीडा र सास्तीलाई मध्येजनर गर्दै राहत तथा अन्य उद्दारका गतिविधि सञ्चालन गर्नु पर्ने बारे पनि नेताहरुले गृह मन्त्रालयसँग छलफल गरेका छन् । प्रमुख जिल्ला अधिकारीले बुझाएको स्थलगत प्रतिवेदनका आधारमा थप राहतका गतिविधी अघि बढाउने र आवश्यक परेमा हेलिकप्टर पठाएर उच्च स्तरीय टोली मार्फत अध्ययन अवलोकन गराउने समेत तयारी गरिएको छ ।
ध्यान आर्कषण पत्र बुझ्दै भौतिक पूर्वाधार यातायात मन्त्रीले पनि जनताको सहजताका लागि जुनसुकै काम गर्न तयार रहेको बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार