शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कर्णाली नदिमा झोलुंगे पुल माथि पानि बग्नथालेपछि आवजावतमा समस्या

कर्णाली नदिमा झोलुंगे पुल माथि पानि बग्नथालेपछि आवजावतमा समस्या

  • सोमवार, साउन २६, २०७७
कर्णाली नदिमा झोलुंगे पुल माथि पानि बग्नथालेपछि आवजावतमा समस्या

अनिल शाहि / लगातर बर्षात र नदिमा पानिको बहाफ बढेपछि कर्णाली नदिमा रहेका झोलुंगे पुल उच्च जोखिममा बनेको छ । कर्णाली नदिको पिलुचौर जुकोट पुल माथि पानि बग्दा उच्च जोखिममा रहेको स्थानिय बासिले बताएका छन् । अहिले पुल माथिनै पानि पुग्ने र अर्को पुलको छेउमा नदिले कटान गरेका कारण आवतजावत गर्न समस्या भएको स्थानियले बताएका छन् ।


कर्णालीको पिलिचौरमा रहेको झोलुंगे पुल सधैका बर्षातको समयमा जोखिममा बन्ने गरेको छ । पुलको दुबैतिर रहेको वाल समेत भत्कने अबस्थामा रहेको स्थानियले बताएका छन् । अर्को पुल भन्दा माथिनै पानि पुगेपछि आवतजावतमा निकै समस्या भएको छ । पुलनै बगाउने होकी भन्ने चिन्ताले पुल तर्न निकै समस्या भएको स्वामीकार्तिक गाँउपालिका अध्यक्ष चिरिन्जीवि शाहले वताएका छन् ।

स्वामीकार्तिक गाँउपालिका जाने मुख्य पुल रहेको छ । दैनिक चार पाँच सय भन्दा बढि मानिस र दैनिक उपभोग्य सामान बोकेर खच्चर पुल वारपार गर्ने गरेका छन् । चार दिन यता पुल माथि पानि बग्न थालेपछि समस्या भएको स्वामीकार्तिक गाँउपालिका २ का रन्दिप बुढाले वताएका छन् ।
त्यो सँगै कर्णाली नदिमा रहेका आधा दर्जनौ पुल निकै जोखिममा बनेका छन् । वाई वाधु जोड्ने पुल, गोत्रि साप्पाटा पुल, रुगिन मुगु बाजुरा हुम्ला जोडने आधा दर्जन पुल जोखिममा रहेका स्थानिय प्रभुराज पाण्डेले बताएका छन् ।


एकातिर बर्षौ पुराना पुलहरु जिर्ण छन्, अर्कोतिर कर्णाली नदिको पानि सतह पुल भन्दा माथिनै आएपछि निकै जोखिम रहेको स्वार्मीकार्तिक गाँउपालिका सुचना अधिकारी कुबेर शाहिले वताएका छन् । नदिमा पानिको बहाफ नाप्ने कुनै पनि यन्त्र नभएकाले जोखिमता पनि अध्ययन गर्न असहज भएको वताएका छन् । नदिमा पानिका बहाफ बढेसँगै गाँउपालिकाले स्थानियलाई आवतजावतमा ध्यान पुयाउन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार