शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • भाैनेरामा घर र पसल बगायाे

भाैनेरामा घर र पसल बगायाे

  • सोमवार, साउन २६, २०७७
भाैनेरामा घर र पसल बगायाे

बुढिगंगा नदिमा आएकाे बाढीले बडिमालिका नगरपालिका २ भौनेरामा बजारका घर तथा पसलहरु बगाएकाे छ । निरन्तर वर्षापछि छेउमै रहेको बुढिगंगा नदिमा बाढि बढेपछि आसपासका घरहरु क्षतीग्रस्त भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

नदिले घर, पसल, शौचालय र घट्ट बगाएको छ, प्रहरीको टोली उद्धारका लागि खटिएको छ । निरन्तर वर्षासंगै नदिमा पानी बढीरहेको र स्थानियको उद्धार गर्न पनि कठिन भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी लोकेन्द्र ठगुन्नाले बताए । भाैनेराका तुला रोकायाको घर र पसल, डबल दानीको घर पसल जाेखिममा रहेका छन् ।

त्यस्तै बिक्रम गुयालको कुटानी पिसानी मिल, कलक गुयाल, गोविन्द हमालको घर पसल, सन्तोष दमाइको घर, गोरे सार्कीको घर, जित सार्की घर पसल,कृष्न चन्दको घर जोखिममा रहेको छन् । केशब हमालको घर उच्च जोखिममा,  धिरे दमाईको घट्ट पनि बगाएको र घागरमा रहेको प्रेम महतको पनि घर बगाएको छ । बुढिगंगा नदि किनारमा लगाएको धानबाली सहित खेतीयोग्य जमिन पनि बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराका सुचना अधिकारी लोकेनद्र ठगुन्नाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार