बुधबार, अशोज ७, २०७७
  • होमपेज
  • समाज
  • गाैमुल १ सिममा बाढीले ८ घर बगायाे

गाैमुल १ सिममा बाढीले ८ घर बगायाे

  • सोमवार, साउन २६, २०७७
गाैमुल १ सिममा बाढीले ८ घर बगायाे
फाइल फाेटाे

बाजुराकाे गाैमुल गाँउपालिका १ सिममा बाढीले ८ घर बगाएकाे छ । बुढिगंगा नदिमा आएकाे बाढिले सिम गाँउमा रहेका ८ घर बगाएकाे स्थानिय धर्म राेकायाले टेलिफाेनमा बडिमालिका खबरलाइ बताएका छन् ।

मानविय क्षति भने केही नभएकाे गाइ गाेरु बाख्रा लगायत घरमा रहेकाे सबै सम्पत्ति बगाएकाे स्थानियले वताएका छन् । घटना स्थलमा प्रहरी पुगिसकेकाे छैन् । स्थानियकाे सहयाेगमा उद्धार कार्य जारी भइरहेकाे वडा अध्यक्ष बल बहादुर राेकायाले वताएका छन् । नदिले गाैमुल १ र २ मा रहेकाे तटिय क्षेत्रकाे जग्गा बगाएकाे छ । बुढिगंगा नदिमा आएकाे बाढिले के कति क्षति भयाे बिस्तृत बिबरण आउन बाँकि रहेकाे छ ।

चर्चामा

सम्बन्धित समाचार