शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा : जडाङ्गाको बेलीबिज्र बगायो, दर्जनौ बस्ती समेत जोखीममा

बाजुरा : जडाङ्गाको बेलीबिज्र बगायो, दर्जनौ बस्ती समेत जोखीममा

झुलङ्गे पुलहरु पनि बगायाे

  • सोमवार, साउन २६, २०७७
बाजुरा : जडाङ्गाको बेलीबिज्र बगायो, दर्जनौ बस्ती समेत जोखीममा

आइतवार रातिको अबिरल बर्षसंगै आएको बुढिगंगा नदिले साफे मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । साफेँ मार्तडी सडक अन्तरगत बुढिगंगा नदिमा बनाएको बेलिबिज्र आइतवार राति बर्षाले बगाएको प्रहरीले जनाएको छ । त्यो संगै बुढिगंगा नदिको बहाफ निकै बढेको स्थानीयहरुले बताएका छन । बाजुरा जिल्लामा सडकमा यो बर्ष निकै क्षेती पुर्याएको छ ।
बाजुराको बुढीगंगा नदिमा आएको पानीको बहावका कारण घागर, भौनेरा, रापक लगाएत तटिय क्षेत्रका सबै बस्तीमा ठूलो क्षेती भएको छ । उद्धारटोली सम्बन्धित स्थानमा जान सकेको छैन । बुढीगंगा नदिमा भएका झुलङ्गे पुलहरु बगाएका छन् । साँफे मार्तडी सडक खण्ड जोड्ने बुढीगंगा नदिमा भएको बेलिबिज्र बगाएको छ । स्थानिय ज्यान जोगाउन भागदौड गरिरहेका छन् । दशकौं पछि बुडीगंगा नदिमा यतिठुलो बाढि आएको छ ।
जिल्लाबाट राती ३ बजे हिडेको टोली बिजुुली पावरहाउस नजिकको पहिरोका कारण जान नसकेको बताइएको छ । ससस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती ३ बजे सदरमुकामबाट गएको भएपनी सदरमुकाम नजिकै सेलाघाटको पहिरोका कारण अगाडी बढ्न नसकेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार