शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • पर्सामा मेयरसहित थप ५२ जना संक्रमित थप

पर्सामा मेयरसहित थप ५२ जना संक्रमित थप

  • शनिबार, साउन २४, २०७७
पर्सामा मेयरसहित थप ५२ जना संक्रमित थप

वीरगन्ज : वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालाको शनिबार बिहान आएको रिपोर्टमा पर्साका ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका २ जना र सर्लाहीका १ जनामा पनि संक्रमण भेटिएको छ ।

शनिबार बिहान संक्रमण पुष्टि भएका पर्साका ५२ जना मध्ये पर्साको बहुदरमाइ नगरपालिकाका मेयर, उक्त नगरपालिकाका विभिन्न स्वास्थ्य चौकीमा कार्यरत ९ स्वास्थ्यकर्मी र सर्वसाधरण गरि २५ जना छन् ।
यस्तै पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १० का ६ जना , वडा नम्बर ११ र १६ का ४÷४ जना , वडा नम्बर १२ का २ जना , वडा नम्बर ३ ,४, ७ , ९ का १÷१ जनामा पनि शनिबार बिहान संक्रमण पुष्टि भएको हो ।

पर्साकै छिपहरमाइ गाँउपालिका ५ भिस्वाका २ जना, बिन्दवासिनी गाँउपालिका ३ का १ जना र वीरगन्जस्थित नेपाली सेनाको चण्डीप्रसाद गणमा कार्यरत ३२ वर्षका १ जना सेनामा पनि संक्रमण भेटिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए ।

शनिबार ५२ जना थपिएसंगै पर्सामा संक्रमितको संख्या ९४५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । पर्सामा कोरोना संक्रमणका कारण अहिले सम्म २० जनाको मृत्यु भइसकेको छ । साउनमा मात्रै पर्सामा १६ जनाको मृत्यु भएको हो ।

चर्चामा

सम्बन्धित समाचार