बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • फेसबुकसँग सम्बन्ध तोड्ने भाइबरको घोषणा

फेसबुकसँग सम्बन्ध तोड्ने भाइबरको घोषणा

  • बिहिबार, साउन २२, २०७७
फेसबुकसँग सम्बन्ध तोड्ने भाइबरको घोषणा

काठमाडौँ — म्यासेजिङ एप भाइबरले पनि फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको छ । फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा संसारका धेरै ब्राण्डले फेसबुकसँग सम्बन्ध तोड्ने र विज्ञापन नदिने घोषणा गरिरहेका छन् ।

भाइबरले विज्ञप्ति जारी गर्दै फेसबुकसँग सबै खाले सहकार्य तोड्ने र विज्ञापन नगर्ने घोषणा गरेको छ ।
रंगभेदविरुद्ध अमेरिकामा भइरहेको आन्दोलनको क्रममा ‘एन्टी डिफेमेसन लिग’सहितका केही संगठनहरुले जुलाई भरी फेसबुकसँग सम्बन्ध तोड्न र विज्ञापन नगर्न आह्वान गरेको थियो ।

यही आह्वानमा समर्थनमा संसारका धेरै ब्राण्डले फेसबुकलाई दिंदै आएको विज्ञापन बन्द गरेका छन् । फेसबुकले आफ्नो प्लेटफर्ममार्फत फैलिने घृणात्मक, रंगभेदी अभिव्यक्ति नियन्त्रण गर्न असफल भएको भन्दै यस्तो आह्वान गरिएको हो ।

भाइबरले ‘स्टप हेट फर प्रफिट’ नामक अभियानलाई समर्थन गर्दै फेसबुकसँगको व्यावसायिक सम्बन्ध तोडेको विज्ञप्तिमा जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार