शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुग्यो

कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुग्यो

  • मङ्लबार, साउन २०, २०७७
कोरोनाले मृत्यु हुनेको संख्या ५८ पुग्यो
पाईल तस्वीर

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। स्वास्थ्य तजा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार सोमबार विराटनगरका एक ७७ वर्षीय वृद्धको निधन भएसँगै मृतकको संख्या ५८ पुगेको हो।

मोरङको विरानगर-५ का ७७ वर्षीय वृद्धको सोमबार कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप र मधुमेहका रोगी थिए। पछिल्लो २४ घण्टामा नेपालमा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ।

प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या पाँच पाँच हजार ९२५ रहेको छ। सोमबार ४१८ जनामा कोरोना पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार २६ पुगेको छ। अहिले क्वारेन्टाइनमा १० हजार ४५२ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट, पर्सा र कैलाली हुन्। अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने पाँच पुगेको छ। प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो।

मन्त्रालयले साउन १० देखि १३ गतेसम्म काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा, साँगा र फर्पिङबाट स्वाब संकलन गरेको थियो। तीन दिनमा १० हजार ८२७ नमुनाको पीसीआर परीक्षणमा ४० जनाको रिपोर्ट पोजिटिभ आएको छ।

चर्चामा

सम्बन्धित समाचार