शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा एक सय भन्दा बढि गाँउ पहिरोको उच्च जोखिममा

बाजुरामा एक सय भन्दा बढि गाँउ पहिरोको उच्च जोखिममा

१ सय १६ गाँउलाई अन्यत्र स्थान्तरण गरिनुपर्ने

  • सोमवार, साउन १९, २०७७
बाजुरामा एक सय भन्दा बढि गाँउ पहिरोको उच्च जोखिममा

लगातारको बर्षा सँगै बाजुरा जिल्लामा १ सय भन्दा बाढि पहिरोको उच्च जोखिममा रहेका छन् । जिल्ला प्रशासन कार्यलय बाजुराका अनुसार ९ वटै स्थानिय तहका १ सय १६ बढि गाँउ बाढि पहिरोको जोखिममा रहेका छन् ।
जिल्ला विपद् व्यवस्थापन समिति, बाजुराले निर्माण गरेको जिल्ला बिपत्त पुर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा १ सय १६ गाँउ जोखिम रहेको ति गाँउ अन्य ठाँउ स्थान्तरण गरिनु पर्ने जनाएको छ । ति गाँउहरु सधैको बर्षातमा जोखिम हुने गरेको केही परिवार पुर्ण रुपमा बिस्थाति हुने भएकाले ति गाँउका हजारौ परिवारलाई अन्य ठाँउमा सारिनु पर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् ।


त्रिबेणी नगरपालिकामा १३ गाँउका ९ सय ७१ परिवार उच्च जोखिममा रहेको ति परिवारलाई अन्यत्र सारिनु पर्ने प्रतिकार्य योजनामा उल्लेख छ । नगरपालिकाको १ विसाल बजारका १ सय ७० घरधुरी, वडा नम्बर २ को सिम्ला, सिन्नेकोट २ सय ७२ घरधुरी , वडा नं ४ को पीपलसैन राउतेला का १सय ५७ घरधुरी वडा ५ को किम्नी २ सय १७ घरधुरी लगायत परिवार जोखिममा रहेका छन् । बुढिगंगा नगरपालिकामा २५ गाँउका ६ सय २५ परिवार उच्च जोखिममा रहेको जनाईएको छ ।
खप्तड छेडेदह गाँउपालिकामा १४ गाँउका ३ सय ३२ परिवार जोखिममा रहेका छन् । गाँउपालिका मेलतोला, आरुगडा, नाउली खोला गाँज्रा, बल्दे, घट्टेखोला धनाल्त, टुनीसैन गुईवन, चास्ला माडिखोला, छडिपाताल, गुम्लागाँउ उच्च जोखिममा छन् । त्यस्तै बुढिनन्दा नगरपालिकामा १० गाँउ जोखिममा छन् । नगरपालिकाका पिपलडाली, साउने गाँउ, दैया, मटेला, पारतोला, जंसाल, रावतवाडा, कोल्टी वजार घोडाकोट, भुलेना, सिराडी, नौलाकोट गाँउ स्तान्तरण गरिनु पर्ने जिल्ला प्रशासन कार्यलय बाजुराले जनाएको छ ।


जगन्नाथ गाँउपालिका मुसेखोला, तल्लो हुनी र वस्केना गरि ३ गाँउ उच्च जोखिममा रहेका छन् । त्यस्तै स्वामीकार्तिक गाँउपालिका ९ गाँउ जोखिममा रहेका छन् । गाँउपालिका वर्कु, रुडी, जोरु, मुक्तिकोट सुपाना, पुडेनी जुकु, वाइ, मिगु गाँउ जोखिममा रहेको गाँउपालिका अध्यक्ष चिरिञ्जीवि शाहिले वताएका छन् । हिमाली गाँउपालिका ५ वटा गाँउ जोखिममा रहेका छन् ।
बडिमालिका नगरपालिका १५ गाँउ उच्च जोखिममा रहेका छन् । तिपाडा, वलेना, जडाँगा, राप्का, बाउली गडखेत, भौनेरा, घागर र चुथी जोखिममा रहेका छन्, । त्यस्तै मैमातोला, विष्टवाडा, जिल्ली, सिराडी, बथानलेख, सल्लेना, पाटा रहेका छन् । गौमुल गाँउपालिका २१ गाँउका ३ सय ३२ परिवार उच्च जोखिम रहेका छन् ।
गैर सरकारी महासंघ बाजुराका सचिब कृष्ण अधिकारीले भने जिल्लामा धेरै जिल्लामा धेरै परिवार उच्च जोखिममा भएपनि सरकारले बस्ति स्तान्तरण कुनै पहल नगरेको वताएका छन् । बर्षातमा अधिकांश परिवार घर छोडेन गरेको उनले वताएका छन् । गाँउ गाँउमा डोजर मार्फत सडक खन्दा पनि उच्च जोखिममा बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार