बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • चामलको आपुर्ती गर्न नागरिक समाजको माग

चामलको आपुर्ती गर्न नागरिक समाजको माग

  • सोमवार, साउन १९, २०७७
चामलको आपुर्ती गर्न नागरिक समाजको माग

बाजुरा —  बाजुरा जिल्लाको कोल्टी क्षेत्रमा चामलको समस्या तत्काल समाधान गर्न सम्बन्धीत निकायको ध्यान दिन कोल्टी स्थित नागरिक समाजले माग गरेको छ । कोल्टी क्षेत्रमा चामलको अभाव भइ खध्य संकट निम्तीने भएकोले खध्यान्न आपुर्तीका लागि माग गरेको हो ।
नागरिक सेवा सरोकार मञ्चको साउन १६ गते कोल्टी क्षेत्रका बिभिन्न समस्या समाधान गराउन बैठक बसेको नागरिक समाजका संयोजक जनेश भण्डारीले बताएका छन । कोल्टीमा भाद्र महिनामा १ हजार क्यून्टल चामल आपुर्तिको व्यवस्थापन गर्न सरोकार निकायसित पहल गरिने निण)य भएको भण्डारीले बताएका छन ।
कालो बजारी नियन्त्रणका लागि बाजुराका सबै स्थानीय सरकार लाई स्थानीय बजार अनुगमनका लागि अनुरोध गर्ने र आरडिटी परिक्षण निशुल्क गर्न बुढीनन्दा सरकारलाई अनुरोध गर्ने निणर्य समेत गरेको संयोजक भण्डारीले जानकारी दिएका छन ।
त्यसै गरी स्थानीय जीप तथा हवाई भाडा दर नेपाल सरकारले तोके भन्दा बढी लिनेर दिने बिषयमा स्थानीय सरकारको नियमन लाई चुस्त पार्नका लागि सरोकार वालाहरुको ध्यानाकर्षण गराउने । स्वास्थ्य सुरक्षाका मापदण्डलाई पालना गराउन आम नागरिकहरुमा सचेतना फैलाउने र नियमन लाई कडा गर्न स्थानीय सरकारलाइ अनुरोध गर्ने लगायतको निणर्य गरेको संयोजक भण्डारीले बताए ।

चर्चामा

सम्बन्धित समाचार