शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा संरक्षण अभाबले लोप हुदै जडिबुटि

बाजुरामा संरक्षण अभाबले लोप हुदै जडिबुटि

  • सोमवार, साउन १९, २०७७
बाजुरामा संरक्षण अभाबले लोप हुदै जडिबुटि

बाजुराको हिमाली गाँउपालिका १, २ र ३ साविकको बिच्छँया जडिबुटिका लागि प्रख्यात थियो । तर अहिले आएर यहाँका जडिबुटि लोप हुदै गएका छन । हिमाली गाँउपालिका १ हिमाली सामुदायिक बनका उपभोक्ता समिति सदस्य बृखबहादुर भण्डारी भन्छन्, पहिला जडिबुटि धेरै पाइन्थ्यो, अहिले मनोमानी रुपले तस्करी बढेपछि जडिबुटि घट्यो ।
बाजुराको ४० प्रतिशत भुभाग ओगटेको बिच्छँया भौगोलिक दृष्टिकोणले निकै बिकट छ ।
बिच्छँया जस्तै बाजुरा, हुम्ला, मुगु, डोल्पा, बझाङ्ग जिल्लाका धेरै ठाउँमा जडिबुटीको निकै संभावना रहेको भनिएपनि हाल उत्पादन घटेको छ । यसको कारण, जडिबुटी जथाभावी संकलन गरिनु र वन विनाश हुनु हो । यी जिल्लामा करिब २ सय भन्दा बढी प्रकारका बहुमूल्य जडिबुटी पाइन्छन् ।
पा“चऔले विश्व मै लोपोन्मुख प्रजाती भएकाले यसको संकलन गर्न नेपाल सरकारले प्रतिबन्ध लगाएको छ, ।
बाजुरा जिल्लाका बिच्छ्या, रुगीन, जुकोट, वाई, साप्पाटा, गोत्री, जगन्नाथ, कोल्टी, दहकोट, पाण्डुसैन, कैलाशमाण्डौं, आटीचौर मानाकोट लगायतका ठाँउमा धेरै जडिबुटी पाइन्थे । यी ठाँउका अधिकांश मानिसको आम्दानीको मुख्य श्रोत जडिबुटीे थियो । हिमाली गाँउपालिका ३ का वडाअध्यक्ष ध्याने बहादुर रोकाया भन्छन्, एक सिजनमा एक जनाले पाँच लाख देखी ५० लाख सम्म आम्दानी जडिबुटीबाट गर्थे । तर अहिले जंगल फँडानी, जथाभाबी जडिबुटि संकलन र डडेलोका कारण जडिबुटी नाश हुँदै गएका छन् ।
जडिबुटी जथाभावी संकलन गर्नाले तथा पुनरोउत्पादन र पुनरोपण कसैबाट नहुँदा जडिबुटी लोप हुन लागेको गौमुल गाँउपालिका १ का गंग धामीले वताए ।
जडिबुटी संकलन तथा बिक्री वितरणको काम नियमन तथा नियन्त्रण गर्ने निकाय स्थानीय र सरकार बन डिभिजन कार्यलय भने यसमा मौन रहेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् । पहिला जंगलमा जडिबुटि धेरै पाइन्थ्यो । अहिले भने धेरै कम भएको स्थानिय बासिन्दा काले नेपालिले वताए । मानिसले जरा समेत नरहने गरी उखेल्न थालेपछि जडिबुटी लोप हुँदै गएको हिमाली ँगाँउपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । वन डिभिजन कार्यलयबाट थोरैको संकलन पुर्जी लिएर ठेकेदार र उपभोक्ताको मिलोमतोमा बढी जडिबुटी सकंलन हुने गरेको बिच्छँयाका अगंलाल थापाले वताए ।
ठेकेदारका अनुसार वाजुरा जिल्लाबाट वर्षेनी रु. २० करोड भन्दा बढीको जडिबुटी बाहिर जान्छ । तर डिभिजन वन कार्यलयले भने रु. १० करोड जतिको कारोबार हुने अनुमान गरेको छ । ठेकेदारले उभोक्ताहरुलाई मात्र ठगी गरेको छैनन् । उनीहरुले राजस्व समेत छल्दै आएका छन् । वन डिभिजन कार्यालय बाजुराका अनुसार, आर्थिक बर्ष ०७४। ०७५ मा १५ प्रकारका, २ लाख ६४ हजार ३ सय ४ केजी जडिबुटी संकलन भएको थियो तर संकलन इजाजत भने ४९ हजार ४ सय ६५ केजीको मात्र लिइएको थियो ।

बाजुराको ४८ प्रतिशत भूभाग बनले ढाकेको छ । वन डिभिजन कार्यलय बाजुराका प्रमुख भिमप्रसाद कँडेलका अनुसार, बाजुरामा संकटग्रस्त तथा लोपोन्मुख सतुवा, वन लसुन, कुट्की, पाँचऔले, सुगन्धवाल, जटामसी, बिषजरा, चिराइतो आदि जडिबुटी पाइन्छन् । यहाँ झ्याउ, सुगन्धवाल, कुरिलो, पाखनवेद, रिठा, काउलो, तेजपात, बोझो, कचुर, टिमुर, अल्लो, लोक्ता, लौठसल्ला, चुत्रो, निगालो, कुटकी, जटामसी, भुतकेश, सतुवा, चिराइतो, च्याउ, सुनगाभा पनि पाइन्छन् ।
बाजुरामा ६५ प्रजातिका गैह्रकाष्ठ वन पैदावार तथा जडिबुटीहरु मध्ये २६ प्रजातिका जडिबुटिको ब्यापार हुन्छ ।
बाजुराका ३ सय ६ वटा सामुदायिक बनले १९ हजार १ सय ३७ हेक्टर भूभाग ओगटेका छन । जिल्लाका ९ वटा पालिकामध्ये सबै भन्दा बढि जडिबुटी हिमाली गाँउपालिकामा पाइन्छ ।

चर्चामा

सम्बन्धित समाचार