शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • प्रेश युनियन बाजुरा शाखाले पत्रकार महांसघ बाजुरा शाखालाई ज्ञापन पत्र बुझायाे

प्रेश युनियन बाजुरा शाखाले पत्रकार महांसघ बाजुरा शाखालाई ज्ञापन पत्र बुझायाे

  • आइतवार, साउन १८, २०७७
प्रेश युनियन बाजुरा शाखाले पत्रकार महांसघ बाजुरा शाखालाई ज्ञापन पत्र बुझायाे

नेपाल प्रेश युनियन बाजुरा शाखाले पत्रकार महासंघ बाजुरा शाखालाई ज्ञापन बुझाएको छ । महासंघ बाजुरा शाखालाई चारवटा माग सहित ज्ञापन पत्र बुझाएको नेपाल प्रेश युनियन बाजुरा शाखाका सचिब प्रशान्त जैशीले वताएका छन् ।
पत्रकार महासंघ बाजुरा शाखाको कार्यलयमा प्रेश युनियन बाजुरा शाखाले भवन निर्माणमा लागेको यथार्थ विवरण सार्वजनिक गरिनुपर्ने, नयाँ सदस्यता वितरण गर्दा जिल्लामा कार्यरत सञ्चारकर्मीलाई मात्र दिर्नुे, गैर पत्रकारको नबिरकणमा रोक लगाउनु पर्ने लगायतका ज्ञापन पत्रमा माग राखेको छ ।
त्यस्तै महासंघलाई सरकारी तथा गैरसरकारी कार्यलयबाट दिएका सामाग्रीहरुको दाखिला गरि सार्वजनिक गरिनुपर्ने लगायतका माग राखेर ज्ञापन पत्र बुझाएको प्रेश युनियन बाजुरा शाखाका अध्यक्ष प्रेम रौलेले वताएका छन् । ज्ञापन पत्र बुझदै पत्रकार महासंघ बाजुराका शाखाका अध्यक्ष प्रकाश सिंहले पत्रकार महासंघका सबै गतिबिधिका बारेमा सार्वजनिक गरिदै आएको र आगामी दिनमा पनि गरेर जाने वताएका छन्, साथै महासंघ प्रेश युनियन लगायत संघ संगठन सँग सहकार्य गरेर अघि बढने वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार