बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • “वैकल्पिक सिकाइको रूपमा भर्चुअल अन्तरक्रिया रसायनशास्त्रिमाँझ प्रभावकारी बन्दै”

“वैकल्पिक सिकाइको रूपमा भर्चुअल अन्तरक्रिया रसायनशास्त्रिमाँझ प्रभावकारी बन्दै”

  • आइतवार, साउन १८, २०७७
“वैकल्पिक सिकाइको रूपमा भर्चुअल अन्तरक्रिया रसायनशास्त्रिमाँझ प्रभावकारी बन्दै”

विगत ४ महिना देखिको बनदाबन्दीले गर्दा सिङ्गो शिक्षा क्षेत्र नै ओझेलमा परेको देखिन्छ। हाल सरकारले बन्दाबन्दीको अन्त्य भएको घोषणा गरेतापनि कोरोना भाइरस सङ्क्रमण फेरि बढ्न थालेको छ, अझै विकराल अवस्था आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। यदि सङ्क्रमणको खतरा यथावत रहनेहो र वैकल्पिक सिकाइको खोजी नगर्ने हो भने विध्यार्थीहरू मनोवैज्ञानिक र बौद्दिक ढङ्गबाट पछाडि धकेलिने कुरा प्रष्ट देखिन्छ।

विभिन्न विश्वविद्यालयका विभिन्न सङ्कायमा अध्ययनरत विधार्थीहरु अन्यौलमा रहदै गर्दा त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र स्नातकोत्तरमा अध्ययन गर्ने देशभर छरिएका विध्यार्थीहरूको छाता संगठन ‘रसायनशास्त्र विद्यार्थी संगठन नेपाल’ (सिसान) ले भने वैकल्पिक सिकाइको रूपमा विगत ३ महिना देखि ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ गर्दै आएको छ। यसप्रकारको भर्चुअल अन्तर्क्रिया कार्यक्रमबाट पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि हजारौले लाभ लिएको कुरा संस्थाका महासचिव आकाश घिमिरेले जानकारी गराउनुभयो।

कार्यक्रमको १४ औ शृङ्खला:

साप्ताहिक रूपमा हरेक शनिवार हुने उक्त कार्यक्रमको १४औं शृङ्खला हिजो साउन १७ गते सम्पन्न भएको छ । करिब २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा करिब १५० जनाको उपस्थिति रहेको थियो। कार्यक्रममा त्रि-चन्द्र बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा. सुरेन्द्र कुमार गौतमले ‘Scientific Paper Writing: Title to References & Submission to Revision’ विषयमा बोल्नुभएको थियो । उक्त विषयवस्तु सम्बन्धित उठेका दर्जन बढी प्रश्नहरुको जवाफ डा. गौतमले दिनुभएको थियो। कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु, केमेस्ट्री, फिजिक्स, माइक्रोबायोलोजी, वायोटेक्नोलोजी तथा फार्मेसीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । विकास निरौला, राजेन्द्र जोसि र सिजन गौतम को प्राविधिक रहेको उक्त कार्यक्रममा संस्थाका अनुसन्धान संयोजन समितिका संयोजक सौरभ कटुवालले रिपोर्ट प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष याम रोका मगरको अध्यक्षता र उपाध्यक्ष सुरज पन्थको सञ्चालनमा सम्पन्न भएको थियो ।

कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो । सरकारले लकडाउन अन्त्य घोषणा गरे पनि संस्थाले जुम सफ्टवेयर मार्फत सञ्चालन भैरहेको ‘साप्ताहिक अन्लाईन अन्तरक्रिया’ कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष मगरले जानकारी गराउनुभयो। यसमा थप्दै उहाँले भन्नुभयो ” स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थीका लागि विज्ञहरुसँग हरेक हप्ताको भर्चुअल बसाइँ निकै प्रभावकारी बन्दै गएकोले अन्तरक्रियालाई निरन्तरता दिदैछौं ।”

१४ औ शृङ्खला को लागी Full video link हेर्नुहाेला 

https://www.facebook.com/ChemistryStudentsAssociationNepal/videos/2681894532131116/

चर्चामा

सम्बन्धित समाचार