बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु, याे संगै नेपालमा मृत्यु हुनेको संख्या ५८ पुग्याे

वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु, याे संगै नेपालमा मृत्यु हुनेको संख्या ५८ पुग्याे

  • आइतवार, साउन १८, २०७७
वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु, याे संगै नेपालमा मृत्यु हुनेको संख्या ५८ पुग्याे

वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना ५० र अर्को ६८ वर्षीया महिला रहेको नारायणी कोरोना अस्थायी अस्पताल गण्डकका डाक्टर निरज सिंहले जानकारी दिए।

उनका अनुसार दुवै महिला वीरगन्ज-१६ निवासी हुन्। ५० वर्षीया महिलाको भने शुक्रबारै वीरगन्जस्थित बयोधा अस्पतालमा बिहान १० बजे निधन भएको थियो। पछि पिसिआर नतिजा आउँदा उनमा संक्रमण पोजेटिभ देखिएको हो।

अर्की ६८ वर्षीया महिलालाई पनि त्यही अस्पतालले शनिबार बिहान गण्डक अस्पताल रिफर गरेको थियो। डा. सिंहले दुवै महिलामा निमोनियाको समस्या रहेको जनाए। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार