बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • गुल्मीमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

गुल्मीमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

  • शनिबार, साउन १७, २०७७
गुल्मीमा पहिरोमा परी एकै घरका चार जनाको मृत्यु

शुक्रबार गुल्मीमा पहिरोमा पुरिएर एकैघरका चार जनाको मृत्यु भएको छ। गुल्मीको रुरू गाउँपालिका वडा नम्बर ५ आँटिपाटामा पहिरोले घर पुर्दा आमासहित तीन जना बालबालिकाको मृत्यु भएको हो।  स्थानीय मेघराज गिरीका अनुसार घरमाथिबाट झरेको पहिरोसहितको ठूलो ढुङ्गाले घर पुर्दा घरभित्र रहेकी बिना माझी, उनका दुई छोरी र एक छोराको मृत्यु भएको हो।

शुक्रबार राति आठ बजेतिर ढुङ्गा झरेर घरलाई च्यापेपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको गिरीले जानकारी दिए।  चारै जनाको शवलाई पहिरोबाट उद्धार गरी स्थानीय विद्यालयमा राखिएको छ। ‘साँझका बेलामा अत्यन्त दु:खद घटना भयो। तीन जना साना छोराछोरीसहित बिनाको शवलाई भर्खरै पहिरोबाट निकालेर स्कुलमा राखिएको छ,’ गिरीले भावुक हुँदै भने।

मृतक बिनाका श्रीमान रोजगारीको लागि भारतमा छन्। गुल्मीमा केही दिनयता ठूलो पानी परिरहेको छ। अहिले पनि पानी परिरहेको गिरीले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार