बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

  • शुक्रबार, साउन १६, २०७७
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।  आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ : १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताए ।

ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । तर हालसालै वीरगञ्जबाट आएकी थिइन् । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो । बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार