शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बडीमालिका तीर्थयात्रामा हिडेको मन्त्रिको टोली पहिरोको कारण बिच बाटो बाट फर्कीयाे

बडीमालिका तीर्थयात्रामा हिडेको मन्त्रिको टोली पहिरोको कारण बिच बाटो बाट फर्कीयाे

  • बिहिबार, साउन १५, २०७७
बडीमालिका तीर्थयात्रामा हिडेको मन्त्रिको टोली पहिरोको कारण बिच बाटो बाट फर्कीयाे

शुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक स्थल बडिमालिका तीर्थका लागि हिडेको शुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रि कृष्णराज सुवेदी सहितको टोलि बिच बाटो बाटै फर्किएको छ । धनगढी बाट बडीमालिकामा साउन १८ गते जनै पुर्णिमाको दिनमा लाग्ने पुजाका लागि आएका मन्त्रि सहित २१ जनाको टोलि पहिरोले जान नसकिने भन्दै बाजुराको बाजुर्गाड बाट फिर्ता भएको छ ।
सामाजिक विकास मन्त्रि कृष्णराज सुवेदी, सामाजिक विकास मन्त्रालयका सचिब शंकर प्रसाद खरेल लगायतको टोली १५ गते बाजुराको बार्जुगाडमा पहिरो आएको भन्दै फिर्ता भएको मन्त्रालयले जनाएको छ । अबिरल बर्षाले साँफे मार्तडी सडक खण्डको बार्जुगाड देखी मार्तडी सम्म ठाँउ ठाँउमा पहिरो गएको हिडन नसकिने अबस्था भन्दै फिर्ता भएको हो ।
धेरै ठाँउमा सडक पहिरोले तहसनहस पारेकोले मन्त्रिको टोलि फिर्ता भएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् । उहाँहरुको टोली ठुलो भएको र सामान बोक्न सक्ने अबस्था र हिडन पनि समस्या भएकाले मन्त्रिको टोलि फिर्ता भएको गैह्रेले वताए ।
बडीमालिका मन्दिरमा जनैपुर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ । यस बर्ष बडीमालिकामा साउन १८ गते मूलपूजा गर्न मेला लाग्ने भएको छ । समुद्रीसतह बाट ४ हजार २ सय १६ मिटर उचाईमा बडिमालिका रहेको छ । औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका बडिमालिका जाने गरेका छन् ।
बडिमालिका नगरपालिका र त्रिबेणी नगरपालिकाको सिमानामा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यटकीय महत्व छ । मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउछन् । स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बाया अंग पतन भएको थियो ।
मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ । त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन् । २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन् । देश विदेश बाट पनि तिर्थालु पुग्ने गर्दछन । बडीमालिका माईको दर्शनका लागी विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, जुम्ला, मुगु हुम्ला र कालिकोटबाट तिथार्लु पुग्ने गर्दछन् । काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ । बडीमालिका माइको पूजा गर्दा र बर माग्दा चाहेको कुरा पुरा हुने विश्वास रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार