शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिबेणी नगरपालिका ९ मा पहिराले घर बगायोे गाउँ नै जोेखीममा

त्रिबेणी नगरपालिका ९ मा पहिराले घर बगायोे गाउँ नै जोेखीममा

  • मङ्लबार, साउन १३, २०७७
त्रिबेणी नगरपालिका ९ मा पहिराले घर बगायोे गाउँ नै जोेखीममा

बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा न ९ ताम्सुमा पहिरोेले एक घर बगाएको छ । हिजोे राती देखी निरन्तर बर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनी बगिरहेको स्थानीय मदन थापाले बताएका छन । एक घर पुणर्रुपमा पहिरोले बगाईसकेको र ५ ओटा घर पहिरोका नजिक रहेकाले जोखीम रहेका स्थानीय थापाले बताए । त्रिबेणी नगरपालिका वडा न ९ ताम्सुमा ५० घर परिवार रहेका छन यदि यो पहिरो निरन्तर बग्ने हो भने गाउँ नैै जोखीममा रहने स्थानीयले बताएका छन । यता बुढिगंंगा नदिले झोलुगे पुल बगाएका कारण आवत जावतमा समेत समस्या भएको उनले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार