बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • दार्चुलामा पहिरोले घर पुर्दा दुई जना बेपत्ता

दार्चुलामा पहिरोले घर पुर्दा दुई जना बेपत्ता

  • मङ्लबार, साउन १३, २०७७
दार्चुलामा पहिरोले घर पुर्दा दुई जना बेपत्ता

दार्चुला : जिल्लाको दुहु गाउँपालिका वडा नं ३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजे तिर घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सल्लेखेतीका ५० वर्षीय राम दत्त जोशी र श्रीमती ४५ वर्षीया रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

उनका अनुसार प्रहरीको टोली बिहानै घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । सो पहिरो मा परि १ भैंसी र ४ बाख्रा पनि पुरीएका छन् । घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार